
रौतहट । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले विद्यालय भवनको शिलान्यास गरेका छन्। नगर प्रमुख गुप्ताले गौर नगरपालिकाको वार्ड नम्बर ९ सिर्सियामा रहेको रत्न कन्या आधारभूत विद्यालय भवनको शिलान्यास गरेका हुन् । प्रदेश २ सरकारले उपलब्ध गराएको योजना अन्तर्गत सो विद्यालय भवन निर्माण हुने बताइएको छ ।
करिब ५१ लाखको लागतमा बन्न लागेको उक्त भवन निर्माणको काम चालु आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको नगरपालिकाको योजना शाखा प्रमुख जितेन्द्र भारतीले बताए । शिलान्यासपछि प्रतिक्रिया दिँदै नगर प्रमुख गुप्ताले शिक्षा क्षेत्रमा विकाशको लागि भौतिक पूर्वाधार महत्वपूर्ण रहेकोले भवनको निर्माणले शिक्षाको गुण्स्तरीयतालाई सहयोग पुग्ने बताए ।
तपाईको प्रतिक्रिया !!