काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अहिले दीपावली मनाउने बेला नभएको भन्दै गम्भीर आत्मसमीक्षा गर्ने बेला भएको बताएका छन्।
सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका भट्टराईले देश पुस ५ मा फर्केको बताएका छन्। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।
उक्त विघटन मंगलबार सर्वोच्चले बदर गरिदिएको छ।
भट्टराईले आज ट्वीट गर्दै राजनीतिलाई राज्य दोहनको साधन कसरी बनाइयो भन्ने पनि प्रश्न गरेका छन्।
‘अहिले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो। देश पुस ५ मा फर्केको मात्र छ, यी सबै प्रश्न अनुत्तिरत छन्स् भष्मासुरलाई कसले हुर्कायोरपाल्योरु राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयोरु,’ उनको प्रश्न छ, ‘राजनीतिक नेतृत्व यति भ्रष्टरमूल्यमान्यताविहीन कसरी बन्योरु त्यसलाई तुरून्तै जनताले पत्याउने कसरीरु ममस्भनौं।’
तपाईको प्रतिक्रिया !!