काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार९आज० बिहान बसेको बैठकमा विप्लवमाथिको प्रतिवन्ध हटाउने विषयमा छलफल भएको जनाइएको छ । यसका साथै प्रतिनिधिसभा विघटन मुद्दाको फैसलापछि आवश्यक सुरक्षा सतर्कताबारे पनि छलफल भएको थियो ।
सोमबार९हिजो ० प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटवार्ता भएको थियो । सोही भेटपछि सुरक्षा परिषद् बैठक तय भएको थियो । सुरक्षा परिषद् बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बसिरहेको छ
तपाईको प्रतिक्रिया !!