Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नाका खोल्न सर्लाही प्रशासन तयार, भारतीय पक्षको अवरोध


नाका खोल्न सर्लाही प्रशासन तयार, भारतीय पक्षको अवरोध


मनोज यादव । सर्लाही । गृह मन्त्रालयको आदेश विपरीत प्रदेश २ अन्तर्गतको सर्लाही जिल्ला सदरमुकाम मलंगवा–सोनवर्षा नाकामा लगाइएको रोक अझै कायमै छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम गत माघमा सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भारतसँग जोडिएका सीमा नाका पूर्ण रुपमा खोलेर आवागमन सहज बनाउन भनिएको भए पनि गृहको सो परिपत्र विपरीत जिल्लाको मलंगवा–सोनवर्षा नाका पूर्ण रुपमा खुला हुन नसकेको हो। मन्त्रिपरिषद्को निर्णयबमोजिम नाका खुला गर्न सम्बन्धित प्रशासनलाई परिपत्र पठाइसकेकोले यसका लागि छुट्टै परिपत्र पठाउनु नपर्ने र त्यसैलाई आधार मानेर नाका खोल्नुपर्ने गृह मन्त्रालयले बताउँदै आएको छ ।

तर सर्लाही प्रशासनले भने सिमा नाका खोल्ने सम्बन्धमा सितामढी जिल्लाको(भारत) प्रशासनबाटै कुनै प्रतिक्रिया नआएको कारण देखाउँदै आएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए । भारतीय पक्षको उदासिनताका कारण नाका खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय स्रोतका गृह मन्त्रालयबाट मलंगवा नाका खुलाउने पत्र आएपछि भारतको सीतामाढी जिल्लाकी मेजेस्टिकसँग फोन सम्पर्क गर्दा कुरा हुन नसकेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृह मन्त्रालयबाट पत्र आएको भोलिपल्टै अर्थात माघ १६ गते शुक्रबार ३–४ पटक तथा त्यसपछि पनि पटक–पटक फोन गर्दापनि समकक्षी भारतको सीतामढी जिल्लाकी प्रमुख अभिलाशा कुमारी शर्माले रिसिभ नै नगरेको बताए ।

‘फोनमा कुनै रस्ेपोन्स नभएपछि, नेपाल सरकारले गरेको निर्णयबारे भारत सीतामाढी जिल्लाकी मेजिस्ट्रेटलाई ईमेल मार्फत लिखित जानकारी गराएको तर उताबाट कुनै जवाफ नआएको प्रजिअ पौडेलले बताए । सीमा वारपार गर्ने सवालमा स्वास्थ्य सुरक्षाको मापदण्ड कसरी अपनाउने लगायत बारेमा छलफल गरेर उचित निकास देखिएपछि मात्र सीमा नाका खोल्ने बारे भारतीय पक्षले सोचिरहेको सर्लाही स्थित प्रहरी प्रशासनका अधिकारीहरूले बताएका छन्। लामो समयदेखि भारतीय नाका बन्द हुँदा सर्वसाधारण नागरिकहरू निकै मार परेको भन्दै सीमा क्षेत्रका नागरिकले पटक–पटक धर्ना, आन्दोलन समेत गरेका थिए । दैनिक उपभोग्य वस्तुहरूको किनमेल, औषधी उपचार रोजगारी, शिक्षालगायतका कामहरूको लागि सीमावर्ती भारत धाउनुपर्ने सर्लाहीबासीहरूको बाध्यता छ ।

सीमामा पैदल भारतबाट स्वदेश फर्किने र भारत जानेहरूलाई भने कुनै रोक लगाइएको छैन । तर दैनिक उपभोग्य वस्तु तथा आवश्यक घरायसी सामान किनेर ल्याउने मानिसहरूसँग भन्दै सीमामा खटिने दुवै देशका सुरक्षाकर्मीहरूले नाका बन्द अवस्थामै रहेको कारण देखाउँदै नेपाल प्रवेश गर्नेहरूबाट रकम असुली गरिरहेको गुनासोहरू पनि सर्वसाधारणहरूबाट आउने गरेको छ । कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकार र भारतीय सरकारले गत चैत १० गतेबाट भारतीय सीमा नाका हुँदै नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ जुनसुकै सबारी साधन सहित पैदल आवागमनमा रोक लगाएको थियो । केही महिना अघिदेखी दुवै देशका सुरक्षा निकायले मानिसहरूको पैदल आवतजावत खुकुलो बनाएको छ । मुख्य नाकाबाट आवतजावत बन्द भएपनि खेतको ‘चोर’ बाटो हुँदै दुवै देशका नागरिक थोरै थोरै सामानहरू किनेर ओहोरदोहोर गरिरहेका छन् । सदरमुकाम मलंगवा स्थित कोल्डस्टोर चोक, भन्सार कार्यालय पछाडीको खेत तथा अन्य खेत र आलीको बाटोबाट दैनिक सयौं मानिसहरू उपभोग्य सामान बोकेर ओहोर दोहोर गरिरहेका देखिन्छन् । नेपाल–भारत सीमाबन्दीले सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई प्रभावित बनाइरहेको बेला नेपाल पक्षले मुख्य नाका खोल्ने निर्णय गरेपनि भारतीय पक्षको अवरोध कायमै रहेको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ११, २०८०, ७:१४ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ९, २०८०, २:१० AM
भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह
Banner News

भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह

कार्तिक १४, २०८०, ८:३३ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM

ताजा समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

4 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

5 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

6 days ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर