
जनकपुरधाम । नवनियुक्त प्रदेश २ प्रमुख राजेश झाले आईतवार पदभार ग्रहण गरेका छन् । उनले शीरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेको बताएका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशभित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले जारी गेरको विज्ञप्तीमा भनिएको छ, ‘देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको छ ।’
उनले आन्तरिक विभेद, असुरक्षा, कुनै पनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई सबै मिलेर समाधान गर्दै जानुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पुर्याउन सक्नुपर्छ । प्रदेशभित्र प्रदेश नागरिकले पूर्ण सुरक्षाको प्रत्याभूतिगर्न पाउनुपर्छ । प्रत्येकको भूमि, भाना र भविष्यको सुनिश्चितता प्रदान गर्न हामी सबैले बल पुर्याउनुपर्छ ।’ पदभार ग्रहण गर्न जनकपुर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई नेकपा ओली समूहका यूवाहरूले १०१ किलोको माला लगाएर स्वागत गरेको थियो । त्यसपछि जानकी मन्दिरमा पूजापाठ गरी सिधा मधेस भवन पुगेर उनले पदभार ग्रहण गरे ।
तपाईको प्रतिक्रिया !!