लाहन : सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
दुई चरणमा सञ्चालित खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका हुन् ।
सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
खोप लगाउनेमा स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी तथा निजामती कर्मचारी र जनप्रतिनिधि रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!