काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्।
आज विज्ञप्ति जारी गर्दै उनले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन्।
सरकारले फागुन २८ गते २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि महासचिव विप्लवसहितका नेताहरू भूमिगत भएका थिए।
तपाईको प्रतिक्रिया !!