काठामाडौं : गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको छ ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । केकी भिडियोमा निकै फरक तवरले प्रस्तुत भएकी छन् । उनलाई निर्देशक मदन घिमिरेले भिडियोमा उतारेका हुन् ।
थुपै्र फिल्म निर्देशक गरेका घिमिरे पछिल्लो समय भिडियो निर्देशनमा देखिदै आएका छन् । गीतकार, चलचित्र निर्माता समेत रहेका घिमिरे उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् ।
काठमाडौं, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायाँकन भएको भिडियोमा रामेश्वर हुमागाईको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
तपाईको प्रतिक्रिया !!