Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान


एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

बाग्मती :एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।

सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए।

प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् ।

विसं २०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गर्नुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार उक्त सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो ।

रेलपछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो । अग्रजहरुका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो ।

भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ।

ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् ।

उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा उल्लेख गरेका छन् ।

स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आउनुभएका हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।

विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।

नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उहाँलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस् त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्’ भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM
रवि लामिछानेको  गृहमन्त्री पद पनि गयो
Banner News

रवि लामिछानेको गृहमन्त्री पद पनि गयो

माघ १३, २०७९, ६:०३ PM
संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन
Banner News

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

माघ ११, २०७९, ९:३१ AM
लाइन हटाउन सक्ने सिस्टम छन् प्रसासन तयार छैन
Banner News

लाइन हटाउन सक्ने सिस्टम छन् प्रसासन तयार छैन

पुस १४, २०७९, ७:५१ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर