जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष बनेपछि संजीब झालाई आफ्नो गृहनगरमा भव्य स्वागत गरिएको छ ।
युवा संघका केन्द्रीय उपाध्यक्ष चयन भएर आफ्नो गृहनगर जनकपुरधाम आएका उनलाई युवाहरुले स्वागत गरेका छन् । झालाई बिमानस्थलमै ५१ किलोको माला लगाइदिएर युवा तथा विद्यार्थीले स्वागत गरेका छन् ।
स्वागत गर्दै उनीहरुले ‘संजीब दाजु जिन्दावाद, हाम्रो नेता कस्तो छ, संजीव झा जस्तो छ, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका छन् ।
झा हालै युवा संघको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।
तपाईको प्रतिक्रिया !!