धर्मेन्द्र साह । रौतहट । रौतहटको दुर्गा भगवती गाउपालिका ५ बडहर्वामा आपतकालिन आश्रय स्थल भवनको शिलान्यास गरिएको छ । बडहर्वा बाढि प्रभावित क्षेत्र भएकाले आपतकालिन आश्रय स्थल तथा तालिम केन्द्र भवनको शिलान्यास गरिएको हो। उक्त भवन जापान सरकारको सहयोगमा सामूदायिक विकास केन्द्र गौर र दुर्गा भगवती गाऊपालिकाको सहकार्यमा निर्माण हुने छ ।
९० लाखको लागतमा निर्माण हुने उक्त आपतकालिन आश्रय स्थल एवं तालिम केन्द्र भवनको शिलान्इास गाउपालिका अध्यक्ष अरुण साह र वडाध्यक्ष धर्मनाथ चौधरीले सयुंक्त रुपमा गरेका छन्। शिलान्यासको क्रममा संस्थाका अध्यक्ष अनिल कुमार सिंह, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य रेवन्त झा, गाउँपालिका उपाध्यक्ष मञ्जु देबी, नेपाली कांग्रेसका नेता नागेन्द्र साह, संस्थाका सदस्य डा. विनय कुमार मिश्र, प्रदिप झालगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया !!