Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

महिला मानसिक स्वास्थ्य–एक उपेक्षित पाटा


महिला मानसिक स्वास्थ्य–एक उपेक्षित पाटा


प्रेक्षा थापा

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई ‘शारीरिक रोग वा समस्या विहीन अवस्था मात्र नभई समग्र रूपमा शारीरिक, मानसिक तथा सामाजिक कुशलताको स्थिति’ भनी परिभाषित गरेको छ । तसर्थ मानसिक स्वास्थ्य पनि हाम्रो समग्र स्वास्थ्यको एक अभिन्न पाटो हो। मानसिक स्वास्थ्यलाई ‘त्यस्तो अवस्था जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ, जीवनका सामान्य तनावको सहजतापूर्वक सामना गर्न सक्छ, उत्पादनमूलक तथा फलदायी रूपमा काम गर्न सक्छ अनि आफ्नो समुदायका निम्ति केही योगदान दिन सक्छ’ भनी परिभाषित गरिएको छ तर विडम्बना विश्वभर नै मानसिक स्वास्थ्य तुलनात्मक रूपमा उपेक्षित छ र हाम्रो जस्तो विकासशील मुलुकहरूमा त यो पाटो झनै उपेक्षित छ ।

अनि आधा आकाश ओगटेका महिलाहरूको मानसिक स्वास्थ्यको पाटो त झनै उपेक्षित छ । लिंग मानसिक स्वास्थ्यको महत्वपूर्ण पाटो हो। महिला र पुरुषको भिन्नता भौतिक संरचनामा मात्रै नभएर मनोवैज्ञानिक बनावटमा पनि छ । वास्तवमा महिला र पुरुषको मनोवैज्ञानिक संरचना फरक किसिमको हुन्छ र उनीहरूले घटनाहरू र अवस्थाहरूमा प्रतिक्रिया दिने तरीका पनि फरक हुन्छ । जस्तैः महिला र पुरुषको कुराकानी गर्ने शैली, सम्बन्ध, सम्झौता, भावना व्यक्त गर्नमा र तनावमा देखाउने प्रतिक्रिया आदिमा निकै फरक हुने गर्छ । यसरी लिङ्ग भेदहरू भौतिक, शारीरिक, र मनोवैज्ञानिक विशेषताहरूमा आधारित छन्। त्यसैगरी यो लिङ्गभेद विभिन्न मानसिक समस्याहरू, जस्तै(डिप्रेसन, एन्जाइटी र मनोशारीरिक समस्या)आदिको दरमा पनि देखिन्छ । यी रोगहरू अक्सर महिलामा बढी देखिएका छन्। अझै आधुनिक समाजमा महिलाहरूको सबलता बढेसँगै घर बाहिर काम गर्ने क्रम बढेको छ तर बच्चा जन्माउने, हुर्काउनेदेखि लिएर घरायसी काम सम्हाल्नेसम्मका कामहरू अक्सर महिलाकै जिम्मेवारीमा रहने गरेकोे छ, जसका कारण पनि उनीहरू बढी मानसिक बोझमा पर्दछन्। एकातिर मानसिक स्वास्थ्य नै कम प्राथमिकतामा परेकोे स्थिति छ भने यसमा महिला मानसिक स्वास्थ्य त झनै ओझेलमा परेको छ । महिला मानसिक स्वास्थ्यबारे तथ्य १.वयस्कहरूको मानसिक स्वास्थ्य समस्याहरूको अग्रस्थानमा डिप्रेसनको मनोरोग छ जसमा महिलाहरू पुरुषको तुलनामा झन्डै दुइ गुणा बढी प्रभावित छन्।

तथ्याङ्कहरूका अनुसार हरेक चार महिलामध्ये एक महिला आफ्नो जीवनकालभरिमा डिप्रेसन वा मनोरोगको जोखिममा हुन्छिन्। २.विश्वभर वर्षेनी ५० लाख मानिसहरू जो हिंसात्मक द्वन्द, युद्ध र विस्थापनका शिकार हुन्छन् ती मध्ये अनुमानित ८० प्रतिशत महिला र बच्चाहरू छन्। ३.विभिन्न अध्ययनको तथ्यांकहरूका अनुसार १६ देखि ५० प्रतिशत महिला आफ्नो जीवनकालमा हिंसाको शिकार हुने गरेका छन् । ४.जीवनभरमा कम से कम पाँच महिला मध्ये १ जना बलात्कार वा बलात्कारको प्रयासको शिकार भएका छन्। मासिक महिनावारीसंगै महिलामा मुड र व्यवहार परिवर्तन हुने गर्छ । झर्को लाग्ने, छटपटी हुने, तनाव हुने, उदासी, निन्द्रामा समस्या, एकाग्रताको कमी आदि लक्षणहरू महिनावारी हुनु केही समय अगाडिबाट देखा पर्छन्। प्रायः जसो गर्भवती बेलाको पछिल्लो समय र सुत्केरी अवस्थामा केही मानसिक असन्तुलन देखिने गर्छ । त्यसैगरी सुत्केरी अवस्थामा हुने एक किसिमको मानसिक समस्या जसलाई ‘पोस्टपार्टम ब्लूज’ भनिन्छ, जसले ५० देखि ८० प्रतिशतसम्म सुत्केरी आमाहरूलाई असर गरेको पाइन्छ । त्यसैगरी ‘पोस्टपार्टम डिप्रेसन’ भन्ने समस्या सुत्केरी आमाहरूमा ६ हप्ता भित्रमा देखा पर्न सक्छ । जसमा आमालाई निरन्तर उदासी हुने, बच्चाप्रति पनि कुनै माया मोह नहुने, बच्चाको नियमित हेरचाह पनि गर्न मन नलाग्ने र नगर्ने, निद्रा तथा खानामा गडबडी हुने, बढी रिसाउने र झिँंजिने, अत्यधिक भावुकताले गाँज्ने, रोइरहने, डराउने र शंका गर्ने जस्ता समस्या देखा पर्न सक्छन्।

सन् २००८ मा नेपालमै भएको एक अध्ययनले बच्चा पाउने उमेरका महिलाहरूको मृत्युको प्रमुख कारण “आत्महत्या“ भएको देखाएको छ । कम आयस्रोत, छोरीको जन्म, सासू र श्रीमानको घर परिवारसँगको सम्बन्धमा कठिनाइहरू, गर्भावस्थाको समयमा प्रतिकूल घटनाहरू घट्नु र शारीरिक सहायताको कमी आदि ‘पोस्टपार्टम डिप्रेसन’ को शुरुआतको लागि जोखिम कारकहरू हुन्। यसको अतिरिक्त, सुत्केरी अवस्थामा पहिला भएको मानसिक समस्याको लक्षणहरू पुनः बल्झिने सम्भावना हुने गर्छ । अन्य महत्वपूर्ण जोखिमका कारकहरूमा छोरा र छोरीबीच भेदभाव, महिलाको भूमिकामा घरायसी कामकाज र शिशु स्याहार, अत्यधिक कार्यभारहरू, विशेष गरी बहुपुस्ते परिवारमा जहाँ बुहारीलाई कम स्वायत्तता छ र लिङ्गमा आधारित हिंसा आदि पर्छन्। यसबाहेक, जब एक महिला मानसिक रोगी हुन्छिन्, स्वास्थ्य सेवा दिनमा प्रायः ढिलाइ गरिन्छ । बरु उनी आफैंलाई बिमारीको लागि दोषी मानिन्छ । मानसिक रोगकै कारणले महिलाहरूलाई पति र तिनको आफ्नै परिवारले त्याग्न सक्छ । त्यसो हुँदा अधिकांश महिला दिदीबहिनी ‘स्त्री’ हुनु र ‘मानसिक रोग’ हुनु दोहोरो श्राप पाए जस्तो विडम्बनाको शिकार भइरहेका छन्। के गर्न सकिन्छ ? शिक्षा ः सबैभन्दा पहिलो कदम भनेको महिलाहरूलाई शिक्षा प्रदान गर्न‘ हो। शिक्षित हुनु भनेकै अधिकार र स्रोतहरूको जागरूकता, शोषण र अन्यायसँग लड्ने क्षमता विकास गर्न‘ हो। जसले महिलालाई आत्मनिर्भर एवं मनोवैज्ञानिक रूपमा सबल बन्न मद्दत पुग्छ । महिला मैत्री प्राथमिक स्वास्थ्य सेवा ः प्राथमिक स्वास्थ्य सेवाका कर्मचारीहरूले महिला मानसिक स्वास्थ्यको आवश्यकताप्रति संवेदनशील हुन आवश्यक छ र महिलाहरूलाई सहयोग पु¥याउन सशक्त रुपमा प्रशिक्षित हुन आवश्यक छ ।

सामुदायिक सेवा र सहयोग ः महिलाहरूको पहुँच विशेष सेवाहरूसम्म हुन जरुरी छ, जसमध्ये महिला हिंसाविरुद्ध रक्षा गर्नका लागि आश्रय र उनीहरूलाई उचित मानसिक स्वास्थ्य सेवाहरू, यौन र प्रजनन स्वास्थ्य सेवाहरू, लागुपदार्थ र जाँडरक्सी लगायतका दुव्र्यसनका निम्ति पुनस्थापना सेवाहरू, एचआइभी संक्रमितहरूलाई सेवाहरू आदि प्रमुख हुन्। महिला मैत्री नीति निर्माण तथा रणनीतिः यस्ता रणनीतिहरूको विकास गर्न‘ जरुरी हुन्छ, जसले महिलाहरूको सामाजिक स्थिति सुधार गर्नेछ, लैङ्गिक असमानताहरू हटाउनेछ, आर्थिक र राजनीतिक शक्ति प्रदान गर्दछ र अधिकारको जागरूकता बढाउँछ । हुन त धेरै कुरा नीति निर्माता र योजनाकारहरूमा निर्भर हुन्छ, तथापि महिलाहरूले पनि आफ्नो लागि आवाज उठाउन सिक्नु पर्दछ । संघीय गणतन्त्र नेपालको संविधानले कानूनी रूपमा महिला सबलीकरणको निम्ति धेरै प्रशंसनीय कुराहरू समेटेको छ तर अझै पनि महिला सबलीकरणका धेरै पक्षहरू व्यावहारिक कार्यान्वयनमा आउन बाँकी छ । त्यसको निम्ति पनि महिलाहरूले आवाज उठाउनै पर्छ । संचार माध्यमको प्रयोग ः संचार माध्यमलाई धेरै तरीकाले प्रयोग गर्न सकिन्छ । जस्तैः महिला मानसिक स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण र व्यवहारहरू बनाउने। पहिलो त त्यस्ता तस्विरहरू, सन्देशहरू र कथाहरूलाई निगरानी, रोकथाम तथा हटाउन जरुरी छ, जसले महिला मानसिक स्वास्थ्यलाई नकारात्मक असर पु¥याइरहेको छ । दोस्रो त संचार माध्यमबाट महिला मानसिक स्वास्थ्यसँग जोडिएका सामुदायिक समस्याहरू बारे जानकारी प्रदान गर्न सकिन्छ । साथै मानसिक रोग पनि अरु शारीरिक रोगहरू जस्तै निको हुन सक्छ र मानसिक स्वास्थ्य सेवाहरू कहाँ उपलब्ध छन् भन्ने बार प्रचार े गर्न सकिन्छ । (लेखक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी मनोचिकित्सा नर्सिङ हुन् )

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग
Banner News

रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग

फाल्गुन २१, २०७९, ७:४५ PM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM
अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (
Banner News

अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (

माघ २०, २०७९, ७:१५ AM
रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री
Banner News

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री

माघ १४, २०७९, ११:०७ AM
रवि लामिछानेको  गृहमन्त्री पद पनि गयो
Banner News

रवि लामिछानेको गृहमन्त्री पद पनि गयो

माघ १३, २०७९, ६:०३ PM
संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन
Banner News

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

माघ ११, २०७९, ९:३१ AM
सुर्खेतमा सवारी दुर्घटना : चार जना स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते
Banner News

सुर्खेतमा सवारी दुर्घटना : चार जना स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते

माघ ८, २०७९, १०:४३ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

1 month ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

1 month ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

4 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर