Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

दाइजो प्रथा : एक सामाजिक भाइरस


दाइजो प्रथा : एक सामाजिक भाइरस

सोम दियाली
समाजलाई पाच्य नहुने हानिकारक प्रथाहरूलाई कु–प्रथा अर्थात् सामाजिक भाइरस भन्ने गरिएको छ । जसरी चुरोट, बिँडी जस्ता ध्रुम्रपानको सेवनले स्वास्थ्यमा हानी गर्छ, त्यसैगरी सामाजिक भाइरस(कु–प्रथा)ले पनि समाजमा हानि गरिरहेको हुन्छ । हाम्रो समाजले सदियौंदेखि अनुशरण गर्दै आएको तर कालान्तरमा समाजको रुपान्तरणमा बाधक बनेका सामाजिक भाइरसहरू अझ भनौं कु–प्रथाहरू हाम्रो समाजमा थुप्रै छन्। जसको समूल अन्त्यको आवश्यकता हँुदाहुँदै पनि अन्त्य हुन सकेको छैन, अन्त्य गर्न सकिएको छैन । विशेषगरी नेपाली समाजमा थुप्रै खाले कु– प्रथाहरू चल्दै आएको पाइन्छ । नेपाली समाजमा दास प्रथा, सतिप्रथा जस्ता प्रथाहरू निकै वर्षअघि नै अन्त्य भैसकेको भए पनि जाती प्रथा, दाइजो प्रथा, बोक्सी प्रथा, छुवाछुत प्रथाहरू वा चरुवा प्रथा जस्ता थुप्रै कु–प्रथाहरू अझै चलन चल्तीमा रहेको पाइन्छ । जाती प्रथा, दाइजो प्रथा, बोक्सी प्रथा जस्ता सामाजिक भाइरस(कु–प्रथा)ले अहिले पनि नेपाली समाजलाई कलुषित बनाइरहेको छ ।

विश्वमा व्याप्त कोरोना भाइरस, इवोला भाइरस, बर्डफ्ल्यू जस्ता भाइरसको औषधी बने तर समाजमा व्याप्त विकासका बाधक, सामाजिक हानिकारक भाइरसको खोप बन्न सकेको छैन । यस्ता सामाजिक भाइरस अथवा कु–प्रथाकै कारण नेपाली समाज अझै गरीब मुलुकबाट माथि उठ्न सकेको छैन । हुन त यो एकाइसौं शताब्दी हो। विश्वका मानिसहरू चन्द्रमामा पुगी सके, मंगलग्रह पुगी सके, समुन्द्रमुनि बस्ती बसाउन सफल भइसके हामी भने अझै यी सानासाना झिना मसिना प्रथाहरूमा अल्झिरहेका छौं, अल्मलाइ रहेका छौं । हामी बिरामी हुँदा अझै धामीझाँक्रीकहाँ गएर झारफुक गर्दछौं । अझै हामी आपूmजस्तै मान्छेको अस्तित्व स्वीकार गर्दैनौं र उनीहरूलाई उचनिचको आधारमा भेदभाव गर्छौं । अझै पनि हामी एउटा गरीव, विपन्न, वेसहारा र रोगी महिला या पुरुषलाई बोक्साबोक्सीको आरोपमा मलमुत्र खुवाउँछौं, आगो लगाउँछौं । अझै हामी छोरालाई विद्यालय छोरीलाई जंगल पठाउँछौं । अझै हामी कालोगोरो, मधेशी पहाडी भनेर भेदभाव गर्छौं ।

हामीमा भौगोलिक, लैंगिक र जातीय भेदभावले अझै जरा गाडेर बसेको छ । अझै पनि हामी धनी गरीब बीचमा भेदभाव गर्छौं । गरीखाने वर्ग र बसिखाने वर्गको खाडल अझै हामी बीचमा विद्यमान छ । हुन त नेपालको अहिलेको संविधानले सबै नागरीकलाई समान भनेर भनेको छ तर त्यही संविधान कार्यान्वयन गर्न अझै हामीले सकेका छैनौं । हामीलाई हाम्रो संविधानभन्दा हाम्रा पुराना प्रथा त्याग्न मुस्किल छ । अनि कसरी हुन्छ हामीले सोचेको परिवर्तन ? परिवर्तनका लागि, देश विकासको लागि त सबै नागरिक एक आपसमा मिल्नु पर्ने होइन । अप्ठेरामा तिनै निमुखाकालाई ढाल बनाउनेहरू सुख पाउँदा तिनैलाई अपहेलना गर्छन्। महिला विना सृष्टि रोकिन्छ । पुरुषलाई तिनै महिला नभई हुँदैन तर आधा आकाश ढाकेका तिनै महिलालाई यहाँ विभिन्न तवरले भेदभाव गरिएको छ ।

यहाँ म विशेषगरी मधेशमा व्याप्त दाइजो प्रथाको चर्चा गर्न गइरहेको छु। मधेश आफैमा सबै सम्भावनाले युक्त उर्वर भूमि हो। मधेशको आफ्नै रीतिरिवाज छ । आफ्नै भाषा छ, संस्कृति छ तर मधेशमा एउटा कहालीलाग्दो प्रथा अझै विद्यमान छ त्यो हो दाइजो। विवाह पश्चात् केटीको माता–पिताले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन–सम्पति, रूपियाँ पैसा अथवा सामान (नगद र जिन्सी) दाइजो हो भने दाइजो दिने प्रचलन दाइजो प्रथा हो। दाइजो प्रथा कहाँबाट, कहिलेबाट र कसरी सुरु भयो यसै भन्न गाह्रो छ । दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखि नै प्रचलनमा पाइन्छ । नेपालको तराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रूपमा बढिरहेको छ । तपाईले दाइजो नल्याएको भन्दै बुहारीको जलाएर हत्या भन्ने जस्ता शीर्षकका थुप्रै समाचारहरू सुन्ने, हेर्ने र पढ्ने गर्नु भएको छ । यो मधेशको विडम्वना हो। यही प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कुरीतिहरू निम्तिएका छन्। दाइजो पाइने आशामा कति पुरूषहरूले दोस्रो, तेस्रो विवाह समेत गर्ने गरेका छन् । कतिपय पुरूषले त दाइजो नल्याएको भन्दै आफ्नी श्रीमतीलाई तथानाम गाली गर्ने, कुटपिट गर्ने र घरबाटै निकाल्ने पनि गर्छन्। मधेशमा श्रीमती सुत्केरी भइन् भने छोरा पाउँछे कि छोरी भनेर व्यग्र प्रतीक्षा गरिएको हुन्छ । श्रीमतीले छोरा जन्माए परिवारमै खुसीयाली छाउँछ, भोज लगाइन्छ, यदि छोरी जन्माइन भने समाज त छँदैछ परिवारबाट नै एउटी महिला श्रीमती र बुहारीमाथि अभद्र व्यवहार सुरु हुन्छ ।

यहाँ छोरा जन्मिनु वरदान मानिन्छ भने छोरी जन्मनु अभिशाप । छोरा जन्मियो भने यही समाजले भन्छ, तेरो त छोरा जन्मिएको छ, सम्पतिवाला भइस । छोरी जन्मिई भने दाइजोको जोहो कसरी गर्ने भनेर पुर्प‘रोमा हात हुन्छ । तँसँगै संगत नै मिल्दैन । छोरा जन्मियो भने हामी आफै पनि भन्ने गर्छौं मेरो यति भाइ छोरा छ, मलाई के को डर छ र । छोरा वीरता देखाउने हतियार भएको छ भने छोरी निराशा पोको पार्ने अस्त्र । यहाँ छोरा जन्मिए भएभरको जग्गाजमीन बन्धक राखेर पनि पढाउने छोरीलाई पढाउनै नपर्ने तर आजभोलि शिक्षा र चेतनाका कारण दाइजो प्रथा केही मात्रामा घट्दै गएको देखिएको भए पनि भित्रभित्र यसको प्रभाव नराम्रोसँग नै गाँजिएको छ । केसम्म छ भने छोराले धेर पढे ै को छ भने धेरै दाइजो थोरै पढेको छ भने थोर दाइजो ै दिनु पर्ने रहेछ ।

छोरीले पनि धेरै पढेकी छ भने धेर दाइजो ै दिएर पठाउनु पर्ने रहेछ । त्यसैले त मधेशमा छोरीलाई खासै नपढाउने अनि सानैमा विवाह गरिदिने चलन बढेको। हामीले भनेको बालविवाह बढ्नुको कारण दाइजो प्रथा पनि पूरक बनेको रहेछ तराईमा । केही पढेलेखेका युवाहरूले, केही संघसंस्थाहरूले दाइजो प्रथाको छिटफुट रुपमा घोर विरोध गरेको पाइन्छ तर त्यो पर्याप्त हुन सकेको छैन । पछिल्लो समय छोरीलाई सक्षम बनाउन भन्दै सरकारले पनि बेटी पढाऊ, बेटी बचाऊ भन्ने अभियान त चलाएको छ तर छोरीलाई स्कुल नै पठाईँदैन भने अभियानले पनि कति प्रभाव पार्न सक्ला र ? बेटी पढाऊ बेटी बचाऊ अभियान गरीब, विपन्न र निमुखाको घरसम्म पुग्न सकेको छैन । साच्चै सरकारले छोरीको लागि परिवर्तन नै गर्न खोजेको हो भने कानून बनाएरै दाइजो प्रथा अन्त्य गर्न‘ जरुरी छ । मधेशमा व्याप्त दाइजो प्रथासँग अन्य प्रथा पनि जोडिएर आएको देखिन्छ । अगाडि चर्चा गरिएको छ नि धेरै दाइजो दिनु पर्ने कारणले नै छोरीलाई सानै उमेरमा विवाह गराई दिँदा त्यसले बालविवाह वृद्धि भएको देखिन्छ । त्यस्तै एक पुरुषले दाइजोकै लोभमा बहुविवाह गर्ने गरेको पनि देखिन्छ । दाइजो प्रथालाई कानून नै बनाएर उन्मूलन गर्न सके बालविवाह, बहुविवाहमा समेत कमी आउने देखिन्छ । त्यस्तै दाइजो प्रथाको अन्त्य हुँदा छोरी, बुहारी, श्रीमती माथि हुने हिंसाका घटनामा कमी आउने निश्चित् छ । सरकारले महिला हिंसाका कार्यक्रमहरूमा खर्च गर्ने रकम दाइजो प्रथा जस्ता कुप्रथा अन्त्यको लागि खर्च गरे त्योे प्रभावकारी हुने थियो कि !

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर