Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विद्याकी अधिष्ठात्री माता सरस्वती


विद्याकी अधिष्ठात्री माता सरस्वती


नारायणप्रसाद अधिकारी : ऋतुराज वसन्तको आगमन सँगै आउने विद्याकी अधिष्ठात्री माता सरस्वतीको जन्मदिन एवं सरस्वती पूजा प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्दछ । सीप, कला, सिर्जना, ज्ञान, बुद्धि, भावना वा मनमस्तिष्कको तरङ्गसँग सम्बन्धित भएको सात्विक शक्तिको नाम हो–सरस्वती । संसारमा दुई वस्तु अविनाशी छन्। ती वस्तु हुन् –शिव र शक्ति । सरस्वतीलाई शक्ति स्वरूपा मानिन्छ किनकि उहाँकै प्रेरणाले हामी कर्तव्यपथमा निरन्तर अघि बढिरहेका हुन्छौं । शक्तिलाई कर्ममा रुपान्तरण गरिरहेका हुन्छौं । शास्त्रीय आधार हेर्दा सरस्वतीलाई ब्रह्माकी छोरी र ब्रह्माकी पत्नी दुबै मानिएको पाइन्छ । सरस्वती पुराणमा सृष्टिकर्ता ब्रह्माले नारी बिना नै सरस्वती सिर्जना गरको े , उनीप्रति आशक्त भएका कारण सरस्वती लुकेकी, गुप्तवासमै सयवर्ष बितेको र उनीहरूबाट स्वयम्भू मनुको सृष्टि भएको उल्लेख गरिएको छ ।

मनबाट सृष्टि भएको र स्वयं भएको हुनाले उनको नाम स्वयम्भू भनिएको हो। मन र मस्तिष्कको संयोजनबाट जुनसुकै कार्य गर्ने चेतना शक्ति भएकोले मनस् बाट मानिस, मनुष्य, मान्छे, मनुबाट जन्मिएका मनुज भनेर भनिएको हो। यसको पुष्टि यसरी हुन्छ, जसरी मानिसले पहिले आपूmले गर्ने कामको योजना मनबाट बनाउँछ । मनमनै योजना सम्पन्न गर्छ ,अनिमात्र (मन अनुरुप) काम गर्न सुरु गर्छ वा चेतनाप्रधान प्राणीमा सर्वश्रेष्ठ मानिस मानिन्छ । हामी मनुबाट जन्मिएका विभिन्न ऋषिका सन्तान । हाम्रो गोत्र तिनैसँग जोडिने गर्छ । हाम्रा पूर्वज मनु नै हुन्। पश्चिमाले बाँदरबाट सृष्टि भएको माने, ह्युम्यान भने ‘म्यान’ ठिक हो ‘हुम्यान ’सर्वथा गलत छ । मत्स्य पुराणमा पनि ब्रह्माको मुखबाट सरस्वती, सान्ध्य र ब्राह्मी त्रिशक्तिको उत्पत्ति भएको उल्लेख गरिएको पाइन्छ । मुखबाट उत्पन्न आफ्नै छोरीप्रति आशक्त बनेका ब्रह्माको पाँचौं शिरले आकाशमा लुकेकी सरस्वतीलाई देखेको र कालभैरवले शिर काटेपछि ब्रह्माको चारवटा शिरमात्र रहेको उल्लेख गरिएको छ । ब्रह्मकपालीको प्रादुर्भाव भएको प्रसङ्गका कथा पनि शास्त्रमा रहेका छन्।

वसन्तपञ्चमी कथामा विष्णुको आज्ञा अनुसार ब्रह्माले आफ्नो कमण्डलुको जल पृथ्वीमा छर्किदा भूकम्पसहित देदीप्यमान चतुर्भुजी माता सरस्वतीको उत्पत्ति भएको उनका हातमा रहेको वीणाको नाद सुनेर सारा प्राणीहरूको आवाज आएको प्रसङ्ग पाइन्छ । सरस्वतीको प्रादुर्भावको विषयमा भगवान श्रीकृष्णको मुख(जिब्रो) बाट सरस्वती नदी उत्पन्न भएको मानिन्छ । गङ्गा र सरस्वती श्रापको कारणले नदी भएको प्रसङ्ग रहेको छ । संसारको सृष्टिको जिम्मा पाएका आदिदेवमा ब्रह्मा पहिलो मानिनु हुन्छ । ब्रह्माजीले आफ्नो कार्यभार मानवलाई जिम्मा लगाउनुअघि नै सरस्वतीको जन्म भएकोले आफ्नै छोरी आफैंले विवाह गर्ने भनेर आलोचना गर्नु तर्कसंगत हुँदैन । पौराणिक कुरा आधुनिक कालमा अक्षरसः कार्यान्वयन गराउन सकिँदैन पनि । ब्रह्माको चार शिर जस्तै चार युग, चार पाउ, चार सृष्टि लोकको जिम्मा दिइएको पाइयो। चार सृष्टिमा अण्डज, उद्भिज , जरायुज र स्वदेज पर्दछन्। अण्डाबाट उत्पत्ति भएका पन्छी, माछा, सर्प,गोही आदि पर्दछन्। उद्भिजबाट उम्रने बोटविरुवा, वनस्पतिहरू पर्दछन्।

जरायुजमा मानिस , गाई, पशु आदि पर्दछन्। स्वदेज सृष्टिमा शरीरको पसिना र मयलबाट उत्पन्न हुने जीव परजीवीहरू पर्दछन्। सारस्वत् सात्विक तत्वसँग सम्बन्धित शक्ति सरस्वती मनमस्तिष्कको तरङ्ग र रुद्रघण्टी(स्वरयन्त्री)को नाद र अन्तर्हृदयबाट निस्कने (प्राण वा सास) आवाजकी देवी मानिन्छिन्। सरस्वतीका भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी, शतरूपा, वाग्देवी जस्ता नाम रहेका छन्। नाम अनुसार उनका कामहरू पनि रहेका छन्। वर्षमा श्रीपञ्चमी, अक्षय तृतीया र विजया दशमी जस्ता तिथीमा कुनै माङ्गलिक कार्य गर्न वा शुभकर्म गर्न साइत हेरिरहनु पर्दैन । त्यसैले सरस्वतीको दिनसँग सम्बन्धित यो दिन अत्यन्तै शुभ मानिन्छ । यस दिन वसन्त श्रवण गर्ने पनि गरिन्छ । राजा महाराजाको पालादेखि वसन्त श्रवण गररे नयाँ वर्षको स्वागत गर्ने चलन रही आएको पाइन्छ । राष्ट्रप्रमुखबाट वसन्त श्रवण गर्नाले देशको उन्नति प्रगति हुने जनविश्वास रहेको पाइन्छ । वैदिक कालमा मधुमास लागेपछि वसन्त ऋतु आउँथ्यो।

यो नै शैक्षिक वा आर्थिक नयाँ वर्ष पनि मानिन्थ्यो। वैदिक कालमा मधु माधव आदि महिनाहरू पर्दथे। भगवान श्रीकृष्णकी प्रेमिका राधा लगायत उनका सखीले नयाँवर्ष स्वागतमा वसन्त गाएको श्रीमद्भागवत महापुराणमा उल्लेख छ । अहिले आएर वसन्त श्रवण गर्ने चलन हराउँदै गएको पाइन्छ । वसन्तका सूक्तहरू प्रकृतिय समयसँग सम्बन्धित रहेका छन्। यसैदिन रतिकामदेवको पनि पूजा गर्ने चलन छ । पश्चिमा संस्कृतिको भ्यालेन्टाइन डे भन्दा उत्कृष्ट पूर्वीय संस्कृतिको यो पूजा अत्यन्तै परापूर्वदेखि चलिआएको पाइन्छ । विद् भनेको जान्नु हो , वेद भनेको पनि जान्नु नै हो। वेद चारवटा छन्। चारवेद ब्रह्माका चतुर्मुखबाट सृष्टि भएर वेदव्यासले सजिलो पार्न चार भाग लगाएको पाइन्छ । चार वेदमध्ये सामवेदकी देवी सरस्वती मानिन्छन्। सामवेद सङ्गीतसँग सम्बन्धित छ । सङ्गीत मनमस्तिष्कको तरङ्गसँग सम्बन्धित छ । सरस्वती क्षेत्र मनदेखि मस्तिष्कसम्मको तरङ्गीय क्षेत्र मानिन्छ । सरस्वतीको हातमा भएको वीणाको तार हाम्रो स्वरयन्त्रसँग सम्बन्धित छ जसलाई हामी रुद्रघण्टी पनि भन्दछौ। मस्तिष्कको बीचको ठूलो मस्तिष्क ब्रह्माण्डसँग सम्बन्धित छ । सानो मस्तिष्क गणेशसँग सम्बन्धित छ । त्यसको सिङ्गो स्वरुप दुई आँखीभौको बीच जहाँ हामी टीका लगाउँछौं त्यो भाग ब्रह्मासँग सम्बन्धित छ ।

ब्रह्मले सरस्वतीलाई बताएपछि सरस्वतीले मन मस्तिष्क आत्मा र परमात्माको तरङ्गलाई जोडेपछि मात्र काम सुरु हुन्छ । हामीले राम्रो वा नराम्रो काम गरको े ध्वन्यात्मक रकर्ड ब्रह्ममा नभई कुनै े काम सम्पन्न हुन नै सक्दैन । त्यसैले सरस्वती हरक काम प्रार े म्भकर्ता तरङ्गीय शक्तिस्वरुपा देवी हुन्। श्रीपञ्चमीबाट अक्षर आरम्भ त्यसैले गरिन्छ । नयाँ सङ्गीत साधकका लागि सङ्गीतारम्भ, किसानका लागि कृषिकर्मको आरम्भ लगायत हरक कार्यार े म्भ गर्न यसैदिनलाई शुभ मान्नुको कारण पनि यही नै हो। सरस्वती शक्ति परिचालक, लक्ष्मी कार्यकारक वा संरक्षक र महाकाली संहारकर्ता शक्तिको रुपमा रहेका हुन्छन्। यसैलाई त्रिगुणात्मक शक्ति पनि मानिन्छ । सरस्वतीले जीवनका अज्ञान , लक्ष्मीले अभाव र महाकालीले अशक्ति नाशका लागि मद्दत गर्दछन्। आधिदैविक , आधिभौतिक र आध्यात्मिक तापनाशक त्रिशक्तिको सेरोफेरोमै स्थावर , जङ्गम, जलचर, स्थलचर, उभयचर, सरीसृप, कीटपतङ्ग, वनस्पतिको चक्र चलिरहेको छ । सारस्वत तत्व अन्य प्राणी र वनस्पतिभन्दा मानिसमा बढी हुनुको कारण हामी ब्रह्माको मनबाट सृष्टि भएकैले हो भन्ने पुष्टि भएको छ । सारस्वत् को अर्थ पूर्ण निष्कर्ष भन्ने हुन्छ । ब्रह्मकर्म गर्नेलाई ब्राह्मण भनिन्छ । सरस्वती ब्रह्मसँग नजिक रहेकी हुन्छिन्।

त्यसैले ब्राह्मण बाठा हुन्छन् भनिन्थ्यो। यहाँ जातलाई नभनेर संस्कारलाई भनिएको हो। जीवनको प्रारम्भकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, संहारकर्ता शिव भनेर शिव(सत्य) लाई पनि त्रिगुणात्मक बनाइएको छ । हाम्रो जीवनको प्रारम्भ बाल्यकाल नै ब्रह्म मानिन्छ । ब्रह्मचर्य विवाह नहुन्जेल रहन्छ । त्यसबेलाको मस्तिष्क कोमल, सक्रीय र सशक्त हुन्छ । सरस्वती कोमल मस्तिष्ककी देवी भएकोले उनलाई ब्राह्मी भनिएको हो। प्रारम्भकर्ती भनेर पनि यसलाई बुझ्न सकिन्छ । विद्याको महानता सबैले प्रयोग गररे सुखी होऊन् भनेर दश महाविद्या बताइएको छ । दश महाविद्या दैवीशक्तिसँग सम्बन्धित रहेको छ । दैवी शक्तिका दश महाविद्यामा काली , तारा, षोडशी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातङ्गी, कमला पर्दछन्।

कालीविद्या कल्की अवतारसँग महाकाल शैवसँग सम्बन्धित हुन्छ । जसको शनिग्रह विद्याप्रबल छ उसले यस विद्याको साधना सजिलै गर्न सक्छ । ताराविद्या राम अवतार अक्षोभ्य भैरवशैवसँग सम्बन्धित बुध ग्रहजनित व्यक्तिका लागि उत्तम विद्या मानिन्छ । यसरी हरक विद्याको े आफ्नै स्वरुप , साधना र प्रकार रहेको हुन्छ । कस्तो व्यक्तिका लागि कुन विद्या सफल असफल भन्ने ज्योतिषशास्त्रमा प्रष्ट लेखिएको छ तापनि मानिसले आपूm कुन विद्या आर्जनको लागि उपयुक्त छु भनेर आफैंलाई चिन्न नसक्दा दशथरिका हण्डर ठक्कर खाने गर्दछन्। सरस्वतीको सात्विक पूजा उपयुक्त मानिन्छ । पुस्तकको अध्ययन नै सरस्वतीको पूजा हो। जिज्ञासा नै सिकाइको जननी हो। सरस्वतीलाई जुनसुकै धर्ममा पनि मानिन्छ । खासगरी सनातन हिन्दु , बौद्ध, मुस्लिम , जैन लगायतका धर्ममा सरस्वतीलाई अत्यन्तै मानिन्छ । श्रीपञ्चमी मानवीय प्राज्ञिक एकताको पूजा हो।

अन्तमा माता सरस्वतीको सम्झनामा यो स्तोत्र–

रविरुद्र पितामह विष्णुनुतं, हरि चन्दन कुंकुम पङ्कयुतम्।

मुनिवृन्द गजेन्द्र समानयुतं तव नौमि सरस्वति पादयुगम्।।

शशिशुद्ध सुधा हिमधामयुतं, शरदम्वरबिम्व समान करम्।

बहुरत्न मनोहर कान्तियुतं, तव नौमि सरस्वति पादयुगम्।।

कनकाब्ज विभूषित भूतिभवं, भवभाव विभावित भिन्नपदम्।

प्रभुचित्त समाहित साधुपदं, तव नौमि सरस्वति पादयुगम्।।

भवसागर भञ्जन भीतिनुतं, प्रतिपादित संततिकारमिदम्।

विमलादिक शुद्ध विशुद्धपदं तव नौमि सरस्वति पादयुगम्।।

मतिहीन जनाश्रय पारमिदं सकलागम भाषित भिन्न पदम्।

परिपूरित विश्वमनेकभवं तव नौमि सरस्वति पादयुगम्।।

सुरयोषित सेवित पादतलं तव नौमि सरस्वति पादयुगम्।।

सुर मौलिमणिद्युति शुभ्रकरं विषयादि महाभय वर्णहरम्।

निजकान्ति विलोमित चन्द्रशिवं तव नौमि सरस्वति पादयुगम् गुणनैक कुलंस्थिति भीतिपदं गुण गौरव गर्वित सत्यपदम्।

कमलोदर कोमल पादतलं, तव नौमि सरस्वति पादयुगम्।।

त्रिसन्ध्यं यो जपेन्नित्यं जले वापि स्थलेस्थितः पाठमात्रद्भवेत्प्राज्ञो ब्रह्मनिष्ठः पुनः पुनः ।।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग
Banner News

रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग

फाल्गुन २१, २०७९, ७:४५ PM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM
१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान
Banner News

१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान

फाल्गुन १२, २०७९, ७:२९ AM
आजको मौसम स् पश्चिम नेपालमा पानी पर्ने
Banner News

आजको मौसम स् पश्चिम नेपालमा पानी पर्ने

माघ १५, २०७९, ६:२४ AM
त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी
Banner News

त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी

माघ १४, २०७९, ८:४५ AM
अराजक ठेकेदार, मूकदर्शक सरकार
Banner News

अराजक ठेकेदार, मूकदर्शक सरकार

माघ १३, २०७९, ९:२१ AM
मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
प्रदेश २

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

माघ ११, २०७९, ८:०१ AM
जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस
Banner News

जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस

पुस २३, २०७९, ६:३९ AM
मन्त्रालयका  सचिवहरुको बैठक आज बस्दै
Banner News

मन्त्रालयका सचिवहरुको बैठक आज बस्दै

पुस १८, २०७९, १०:३४ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर