राजविराज : सप्तरीको सुरुङ्गा नगरपालिकाको छैंठौं नगरसभा आईतबार सम्पन्न भएको छ ।
नगरपालिकाको पिप्रा पश्चिम स्थित स्वास्थ्य चौकी सभाहलमा आयोजना गरिएको नगर सभालाई सम्बोधन गर्दे नगर प्रमुख मुक्तिनाथ चौधरीले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उनले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको स्वार्थलाई सर्वोपरी बुझी नगरपालिकाले निति निर्माण तथा बजेट विनियोजन गरेकाले सोही अनुरुप काम गर्ने जनप्रतिनिधिहरुलाई सुझाव दिए । ‘दल र विचार फरक हुन सक्छ तर नगरपालिकाले तयार पारेको नितिमा केन्द्रित भएर काम गर्ने बेलामा आफ्नो स्वार्थ भन्दा माथि उठेर जनताको आवश्यकता र विकासलाई प्राथमिकतामा राखेर काम गर्नुस्’ जनप्रतिनिधिहरुलाई नगर प्रमुख चौधरीले भने, ‘प्रधानमन्त्री केपी ओली व्यक्तिगत स्वार्थमा लागेकै कारण संसद विघट्न गरेका हुन्, तपाईहरु स्वार्थ भन्दा माथि उठ्नुस ।’
नगरसभामा आर्थिक बर्ष २०७७।०७८ का लागि रु ६७ करोड ७६ लाख २८ हजार ६ सय २५ बजेट प्रस्तुत गर्दे चौधरीले सडक विजुली लगायतका ठूला योजनाहरु प्रक्रियामा गईसकेको र शिक्षा, स्वास्थ्य, कृषी, पशु महिला बालबालिका तर्फका केही योजनाहरु सम्पन्न तथा बाँकी योजनाहरुको काम शुरु भई सकेको जानकारी दिए ।
यस आर्थिक बर्षको यो दोश्रो साधारण सभामा उनले गर्नुपर्ने कामहरु तिव्रताका साथ अघि बढाईने र डिजिटल प्रणालीबाट आम जनतालाई सबैकिसिमको सेवा सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
लेखा, व्यक्तिगत घट्ना दर्ता, स्वास्थ्य संस्थाबाट अनलाईन रिर्पोटिङ्ग लगायतका सेवाहरु डिजिटल प्रणालीमा गईसकेको र अझै बाँकी रहेका कामहरु यसै आर्थिक बर्षमा पुरा गर्ने लक्ष्यका साथ अगाडी बढिरहेकोले आउने दिनमा नागरिक मैत्री डिजिटल सेवा उपलब्ध हुने बताए ।
तपाईको प्रतिक्रिया !!