श्रीकान्त झा , जनकपुरधाम : महोत्तरीको जलेश्वर भन्सार नाकाबाट चालू आर्थिक वर्षको माघसम्ममा ६ करोड मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी पेट्रोल भित्रिएको जलेश्वर भन्सार कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघसम्मा रु ६ करोड ७३ लाख ४७ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण सुरुमा पेट्रोलियम पर्दाथको आयत घटे पनि केहि महिना देखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत गुनराज सुवेदीले बताए । सो अवधिमा पेट्रोल र एलपी ग्यास तथा कोईलाको आयात भने घटेको छ । नेपाल सरकारले भारतको मोतिहारीबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयतले गर्दा जलेश्वर भंसार कार्यालयबाट आयतमा कमी भएको बताउदै भन्सार प्रमुख सुवेदीका अनुसार यस नाकाहरूबाट आयत हुने हो कि होईन यो नेपाल सरकारको कुन आवश्यकताले हो यो नाकाबाट आयत गरेको छ ।
भन्सार कार्यालय जलेश्वरबाट पहिलाको आर्थिक वर्षहरूमा पेट्रोलियम पदार्थको आयतबढे पनि यसवर्ष असार भदौमा ० बराबरको आयत भएको बताए । त्यस्तै सरकारले विदेशबाट आयत हुने आलु, प्याजलगायत तरकारीजन्य वस्तुमा विषादी छैन भनी प्रमाणित गरेपछि मात्रै भन्सार गर्ने प्रावधान लागू गरेको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयको परिपत्र अनुसार क्वारिण्टीन जाँच प्रमाणित गरेको प्रमाण भएमा मात्रै भन्सार पास गर्नेगरेको छ । अहिलेसम्म भारतबाट दैनिक पचासौं गाडी तरकारी जलेश्वर भन्सारबाट मात्रै नेपाल भित्रीरहेको छ । सर्लाहीको नवलपुरमा रहेको क्वारेन्टाईनले विषादी अवशेष परिक्षण गररे प्रमाणपत्र भन्सार कार्यालयलाई पठाए पश्चिालमात्रै व्यापारीलाई भन्सार कार्यालयले जिम्मा लगाईने गरको े भन्सार प्रमुख सुवेदीले वताए । भारतबाट तरकारी आउँदा स्थानिय किसानहरू मर्कामा पर्ने गरेका थिए । धेरै परिमाणमा हुने उत्पादनसँग नेपाली किसानहरूको उत्पादनले प्रतिषपर्धा गर्न हम्मेहम्मे परेको थियो ।
तपाईको प्रतिक्रिया !!