जनकपुरधाम : नेपाली काँग्रेस निकट भातृ संगठन तरुण दलले लक्ष्मीनियाँमा नयाँ कार्य समिति गठन गरेको छ । शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा ५६ सदस्य नयाँ कार्य समिति गठन गरेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेन्द्र यादवको प्रमूख अतिथ्यतामा देवेन्द्र यादवको नेतृत्वमा ५६ सदस्य तरुण दल गाउँ कार्य समिति गठन भएको छ । गाउँ कार्य समितिको उपाध्यक्ष पदामा रामगुण यादव, जितेन्द्र यादव, संतोष यादव, सचिव पदमा शैलेश यादव, मनोज पञ्जियार, सहसचिवमा मनोज कुमार साह र कोषाध्याक्ष्मा धिरेन्द्र यादव रहेका छन् ।
कार्यक्रमलाई समबोधन गर्दै नेता महेन्द्र यादवले संगठन जोडमा युवाको महत्तवपूर्ण भुमिका रहेको भन्दै आर्मीसंग तुलना गरे । देशको राजनीतिक अवस्था बारे चर्चा गर्दै युवाले देश परिवर्तमा भुमिका खेल्नु पर्ने उनले सुझाए । काँग्रेसका नेताहरुले देशमा दिएको योगदान बारे उल्लेख गर्दै नेपाली काँग्रेसमा आबद्ध युवाले शतप्रतिशत समाज सेवाको भावनाले लाग्नु् पर्ने उनले बताए ।
यस्तै, क्षेत्रीय सदस्य विजय यादवको सहयोगमा समिति गठन भएको छ । यादव युवाहरुको प्रोत्साहनका लागि सदैव अग्रमोर्चामा खटिने नेता हुन् । देश परिर्वतनमा युवाको सक्रिय भुमिका हुनु पर्ने उनको भनाई छ ।
नेपाल तरुण दल गाउँ कार्य समितिको पूर्व अध्यक्षसमेत रहेका देवेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, तरुण दलका जिल्ला अध्यक्ष संजय लाल कार्ण, नेपाल विद्यार्थी संघ धनुषाका सभापति संजय कुमार यादव, धनुषा क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य विजय यादव, जितेन्द्र प्रसाद यादव र तरुण दल महाधिवेशन प्रतिनिधि शम्भु यादवल लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !!