सुनसरी : नेकपा ओली समूहको सुनसरी जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
ओली समूहले रेवतीरमण भण्डारीको अध्यक्षतामा सुनसरी जिल्ला कमिटी पुनर्गठन गर्दै नयाँ कार्यसमिति बनाएको हो ।
भण्डारीको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव, सहसचिव लिलम बस्नेत, संगठन विभाग प्रमुख योग्यराज खड्का र कार्यालय सचिव राम कोइराला बनेका छन् । पुनर्गठित कमिटीका अध्यक्षसहित पदाधिकारी र सदस्यले आइतबार शपथ लिएका छन् ।
नवनियुक्त जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले सपथ खुवाएका हुन् । साविकको जिल्ला कमिटीलाई ४ सय ६७ सदस्यीय बनाइएको छ ।
यस्तै, ओली समूहले सुनसरीका १२ वटै स्थानीय तहको अध्यक्ष समेत तोकेको छ । जिल्ला अध्यक्ष भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहवीमा खड्ग नारायण उराउ, बराहक्षेत्रमा गजेन्द्र थापा, रामधुनीमा योगेन्द्र खडका, इनरुवामा विदुर सुवेदी, गढीमा प्रभाकर माझी, बर्जुमा दिल कुमार गुरुङ, देवानगन्जमा रामप्रसाद मेहता, हरिनगरमा जयप्रसाद शाह, भोक्राहामा नरसिंह अक्रम अन्सारी र कोशीमा रामखेलन शाह अध्यक्षमा चयन भएका छन् ।
८ फागुनमा विराटनगरमा हुने जनसभामा सुनसरीवाट ३० हजार जना सहभागी गराउने गरी तयारी गरिएको अध्यक्ष भण्डारीले बताए ।
तपाईको प्रतिक्रिया !!