काठामाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाकै नेताहरूबाट सुशासन र समृद्धिमा अवरोध भएपछि प्रतिनिधिसभा भंग गरेर जनतामा जानु परेको बताएका छन् ।
सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठनका लागि जनतामा पुग्न परेको मन्त्री ज्ञावलीले बताए ।
नेकपाको ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको दाबी गरे ।
पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत उनले बताए ।
नेकपा केन्द्रीय सदस्य विजय सुब्बाले भने राष्ट्रवादी प्रधानमन्त्रीलाई किन मन नपराएको भन्दै प्रश्न गरेका थिए । केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !!