काठमाडौं : निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्न लागेको छ । चुनावको आचारसंहिताका सम्बन्धमा छलफल गर्न आयोगले आइतबार बिहान ११ बजे राजनीतिक दललाई बोलाएको हो ।
छलफलका लागि आयोगले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई बोलाएको हो ।
आयोगका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरुलाई छलफलका लागि बोलाइएको हो ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेका छन् ।
उता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च आदालतमा परेको मुद्दा भने विचाराधिन अवस्थामा छ ।
तपाईको प्रतिक्रिया !!