काठामाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव असफल भएको छ । शनिबार अमेरिकी सिनेटमा भएको मतदानमा उक्त प्रस्ताव पास गर्नका लागि आवश्यक दुईतिहाई मत प्राप्त हुन सकेन ।
यद्यपी सिनेटमा प्रस्तावको विपक्षमा भन्दा पक्षमा बढी मत परेको थियो । भोटिङका क्रममा ट्रम्पको पक्षमा ४३ मत परेको थियो । त्यस्तै उनको विपक्षमा ५७ मत परेको थियो । ट्रम्पलाई दोषि करार गर्नका लागि सिनेटमा दुईतिहाई मत आवश्यक हुन्थ्यो ।
ट्रम्पमाथि अमेरिकी संसद भवनमा भएको हिंसामा आफ्ना समर्थकहरुलाई उक्साएको आरोपमा महाअभियोगको प्रस्ताव ल्याइएको थियो । यद्यपी ट्रम्पका वकिलहरुले भने ट्रम्पमाथि हिंसा भड्काएको भनेर लगाइएको आरोप ठूलो झुट भएको बताएका थिए ।
ट्रम्पमाथि दोस्रो पटक लगाइएको महाअभियोग प्रस्ताव पास हुन सकेन । उनी पदबाट हटेपछि महाअभियोगको प्रस्ताव सामना गर्ने अमेरिकी राष्ट्रपति बनेका छन् ।
तपाईको प्रतिक्रिया !!