बुटबल : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् ।
बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन, कठैबरा भन्नुपर्ने गएका छैनन, पार्टीको बदनाम गर्नेहरु, मुलुकको समृद्धि नचाहानेहरु मात्रै बाहिरिएका हुन् । उनीहरु अहिले सडकमा डम्फू बजाइरहेका छन् ।’
उनले नेपालभरीको होइन लुम्बिनी प्रदेशका मात्र मानिसको उपस्थितिलाई लिएर गौरव गरे ।
उनले देशमा आन्दोलन विभाजित भएका बेला, कुनै पनि पार्टी क्रियाशील हुन नसकिरहेको बेला आफूले एकता र एकीकरणको अभियान शुरु गरेको बताए ।
तत्कालीन एमाले र माओवादी केन्द्रलाई मिलाउने आफूले अगुवाई गरेको भए पनि केही मानिसले देश बनाउने नभइ आफू बन्ने उद्देश्य नछोड्दा यो अवस्था सिर्जना भएको बताए ।
उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए ।
उनले पार्टी नफुटेको समेत बताए । यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए ।
‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व्यवस्था खोजेको रु,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले सरकार ढाल्ने काम आफ्नै पार्टी भित्र भएको बताए ।
तपाईको प्रतिक्रिया !!