जनकपुरधाम : १३ वर्षीया बालिकालाई पटक–पटक बलत्कार गरी गर्भवती बनाउने दुई अभियुक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरकोे छ ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा डेरा गरी बस्दै आएकी मुस्कान खातुन र शम्भु नाम गरेका ओम नारायण यादवलाई प्रहरीले पक्राउ गरको हो। खातुनले डेरा गरी बस्ने घर पीडित बालिकाकै रहेको खुलेको छ । प्रहरीका अनुसार खातुनले आफू बस्ने कोठामा शम्भुलाई बोलाएर ०७७ असार देखि कात्तिकसम्म बालिकामाथि पटक–पटक बलत्कार गर्न लगाएकी थिइन्।
घटना पछि पिडितले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान गरको े थियो। सो क्रममा खातुन र शम्भुको संलग्नता रहेको खुलेपछि दुवैजनालाई बिहीवार लक्ष्मीनियाँ गाउँपालिका ४ स्थित बाटोबाट नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको एसपी प्रकाश रानाभाटले बताए । उनका अनुसार पिडित बालिका ७ महिनाको गर्भवती छिन्। उनलाई अहिले ओकेक नेपालको संस्थामा राखिएको छ ।
गर्भवती बालिकाको गर्भपतन गराउने वा नगराउने सम्बन्धमा स्वास्थ्यकर्मीसँगको सल्लाहमा आवश्यक निर्णय लिने एसपी रानाभाटले जानकारी दिए । करिब ७ महिनाको गर्भ रहेका कारण गर्भपतन पनि गराउन नमिल्ने बताइएको छ ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दा चलाएको छ ।
तपाईको प्रतिक्रिया !!