जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगिता २०७७ मा त्यहाँ स्थितको सुपर सेन्स बोर्डिङग स्कूलले प्रथम स्थान हाँसिल गरेको छ ।
नगरपालिकाद्धारा आयोजना गरिएको सो अन्तर माध्यमिक विधालय हाजिरी जवाफ प्रतियोगितामा सुपर सेन्स ईँगलिस बोर्डिङग स्कुल प्रथम स्थान हाँसिल गरेको हो ।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगिताको क्रममा विजेता विद्यालयलाई पुरस्कार दिँदै शिक्षा क्षेत्रमा प्रगति भएको भन्दै बधाई समेत दिए । उनले नगरपालिका विकासको लागि सबभन्दा पहिले शिक्षा विकास अनिवार्य रहेको बताउँदै विद्यार्थीहरुले लक्ष्यप्रति अडिग रहन सिक्नुपर्ने बताए ।
विद्यालय विकासको लागि विभिन्न स्थानमा समुदायिक विद्यालयको स्थापना सहित सँस्थागत विद्यालयको शिक्षा स्थिति र गुणस्तरीयता बढदै गएकोप्रति मेयर मण्डलले कृतज्ञता व्यक्त गरे ।
प्रथम हुने विद्यालयलाई १५ हजार तथा विद्यार्थीलाई २१ हजार रुपैयाँ प्रदान गरिएको थियो । सो प्रतियोगितामा दोस्रो हुने विद्यालयलाई १० हजार र विद्यार्थीलाई १५ हजार तथा तृतिय स्थान हाँसिल गर्ने स्कूललाई सन्तावना पुरस्कार स्वरुप ३ हजार र विद्यार्थीलाई ९ हजार रुपैयाँ प्रदान गरिएको हो ।
कार्यक्रममा विशेष उपस्थिति जनाएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले नगरपालिकाबाट शिक्षा क्षेत्र विकासको लागि छुटयाइएको बजेटको सहि सदुपयोग हुने गरेको दाबी गरे । उनले प्रतियोगिताको माध्यमले विद्यार्थी, बालबालिकाहरुमा आफ्नो उदेश्य हाँसिलप्रतिको दृढता बढने विश्वास जनाए । कार्यक्रम सँचालन पनि अधिकृत कार्कीले नै गरेका थिए ।
नगरभरिका १५ ओटा विद्यालय सहभागी भएको सो नगरस्तरीय प्रतियोगितामा ७ राउण्ड प्रश्न सोधिएको थियो । पहिलोमा नेशनल राउण्ड दोस्रोमा इन्टरनेश्नल राउण्ड तेस्रोमा स्पोर्टस राउण्ड चौथोमा लोकल राउण्ड पाचौँमा अडियो र भिजिउल राउण्ड छैठौमा मिक्सेड ब्याग राउण्ड सातौमा रापिड फाईर राउण्ड प्रश्न सोधिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा नगरकी उप प्रमुख विद्या देवी भूजेलले शिक्षाको स्तरोन्न्तीको लागि जनप्रतिनीधिहरु प्रयासरत रहेको बताइन् । उनले शिक्षा क्षेत्रमा फडको हान्नको लागि धनुषाधाम नगरपालिकाले प्रयास मात्र नभई उपलब्धी समेत हाँसिल गरेको बताइन् ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय सहित नगरपालिकाका प्रशासकिय अधिकृत संजित प्रसाद दास, लेखा प्रमुख प्रशान्तदेव यादव, वडा नं ३ का अध्यक्ष राजकिशोर साह लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !!