काठमाडौं : नेपालमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गरिएकोमा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या दुई हजार ५२ पुगेको छ ।
आज एक सय ११ जना कोरोनाका बिरामी निको भएसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया !!