काठमाडौं सभामुखका कानुन व्यवसायी लवकुमार मैनालीले प्रतिनिधिसभा बैठकको मिति नै तोकेर फैसला गर्नुपर्ने बताएका छन् ।
ूप्रधानमन्त्रीका वकिलले संसद पुनःस्थापना भएर, प्रधानमन्त्रीले बैठक बोलाउनु भएन भने के हुन्छ भनेर भन्नुभएको छ । त्यसैले श्रीमान् फैसलामा बैठकको मिति नै तोकिनुपर्छ, उनले बुधबार बहसका क्रममा भने ।
बुधबार प्रधानमन्त्रीका वकिल बालकृष्ण न्यौपानेले प्रतिनिधिसभा पुनस्स्थापना भए पनि बैठक नबोलाए के हुन्छ भन्दै प्रश्न गरेका थिए । एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका छन् । एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ । अब पुनस्स्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ ?
सभामुखका तर्फबाट बहस सकिएको छ । अधिवक्ता श्रीकृष्ण सुवेदी, लवकुमार मैनाली र श्यामप्रसाद खरेलले बहस गरेका थिए । उनीहरूले विघटन असंवैधानिक र गैरकानुनी भएको जिकिर गरे । संसद्ले सहयोग नगरेकाले विघटन गरेको प्रधानमन्त्रीका वकिलहरूको भनाइको खण्डन पनि गरे । सरकारलाई संसद्ले सहयोग गरिरहे पनि विघटन गरिएको उनीहरूको जिकिर थियो ।
तपाईको प्रतिक्रिया !!