कमलेश ठाकुर ,जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ३ स्थित जनता इकाई माध्यमिक विद्यालय यदुकूहामा विद्यार्थीहरूले बुधवार तलाबन्दी गरेका छन् ।
पठन–पाठनको अवस्था सुधार गर्नुपर्ने र निःशुल्क भर्ना लिनुपर्ने माग राख्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्। बुधवार विद्यार्थीहरूले प्रधानाध्यापक प्रमोद कर्णलाई एक एकघण्टा कोठामै थुनेका थिए । पठन–पाठनमा सुधार्न
र भर्ना निःशुल्क लिन पटक पटक ध्यानकर्षण गराउँदा पनि वास्ता नगरपछि प्रधानाध्यापक कर्णलाई थुनेको र विद्यालयमा तालाबन्दी गरको विद्यार्थीहरूले बताएका छन्।
विद्यालयमा तालाबन्दी गरपछि विद्यार्थीहरू यदुकोहा गाउँमा समेत नाराजुलुस गरेका थिए । उनीहरूले विद्यार्थीको माग पूरा गर, भर्ना शुल्क निःशुल्क गर र विद्यार्थी एकता जिन्दावादसहितको नारा लगाए । तालाबन्दी गरपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष नागेन्द्र मण्डलले तीन दिनभित्र माग सम्बोधन गर्ने विद्यार्थीलाई आश्वासन दिएका छन्।
सामुदायिक विद्यालयले विभिन्न शिर्षकमा चर्को शुल्क लिएको विद्यार्थीहरूको आरोप छ । सरकारले उपलब्ध गराउने पुस्तकसमेत विद्यालयले उपलब्ध नगराएको विद्यार्थीहरूको गुनासो छ ।
कक्षा १२ मा अध्यनरत विजय कुमार यादवले भर्ना शुल्क २१सय रुपैयाँ लिने गरकोे गुनासो गरे। उनले शुल्क लिएको बिल समेत टुडे एक्सप्रेसलाई उपलब्ध गराएका छन्।
विद्यालयमा न कक्षाकोठा व्यवस्थित छ, न खानेपानीको व्यवस्था छ’, उनले भने,यतिसम्म कि शौचालय पनि सफा राख्न सक्दैन । शिक्षकहरूको लापरबाहीले विद्यालयको अवस्था दिनानुदिन विग्रिदै गएको छ ।
यता, प्रधानाध्यापक कर्णले विद्यालयमा विद्यार्थीले तालाबन्दी किन गरकोे विषयमा केहि बोल्न मानेनन्।
टुडे एक्सप्रेससँग उनले भने, म फोनमा केहि बोल्दिनँ। केही कुरा छ भने भेटेर गर्नुस्।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष मण्डलले भने फोन नै रिसिभ गरने ।
तपाईको प्रतिक्रिया !!