विनय कर्ण,राजविराज : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार तिलाठी कोइलाडी गाउँपालिकामा एक विद्यालय भवनको शिल्यानाश गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा निर्माण गरिने विद्यालय भवनको एक कार्यक्रमकाबीच उनले शिल्यानाश गरे ।
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको ६ कोठे दुई तल्ले भवन निर्माणको लागि एक कारेड २५ लाख २७ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए । उनले अव छिट्टै निर्माण काम शुरु हुने बताउँदै भवन निर्माण सम्पन्न भएपछि शिक्षक तथा विद्यार्थीहरुलाई पठन पाठन सहज हुने बताए ।
भवन निर्माणको लागि टेण्डर गरिसकिएको र भवन निर्माणको ठेक्का मधेश निर्माण सेवाले पाएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।
गत चुनावमा सप्तरीको यसै क्षेत्रबाट (निर्वाचन क्षेत्र नम्बर २) अध्यक्ष यादव प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !!