महोतरी : दुई लाख बराबरको सुनचाँदीका चोरी गरेको आरोपमा चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रहरीले बलवा नगरपालिका–७ का ३८ वर्षीय विक्रु महतो कोइरी, २५ वर्षीय निरेखन मण्डल, जलेश्वर नगरपालिका–६ का २० वर्षीय जीतेन्द्र ठाकुर र महोत्तरी गाउँपालिका–३ का २० वर्षीय दिलीप मण्डललाई नियन्त्रणमा लिएको प्रहरीचौकी सीतापुर भङ्गहाले जानकारी गराएको छ ।
उनि चारै जना आज बिहान १ः३० बजेतिर भङ्गहा नगरपालिकाको सिंग्याही बजारमा अवस्थित शिव ज्वेलर्समा चोरी गरेर भागेको एक जनालाई स्थानीयले गए राति नै नियन्त्रणमा लिएका हुन् ।
चोरी गरेर भागिरहेका तीन जनालाई आज जिल्लाकै बनौटा गाउँबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा रहेका चारे जनामाथि शिव ज्वेलर्सबाट रु दुई लाख बराबरको सुनचाँदीका गहना चोरेर भागेको आरोप लागेको छ ।
उनीहरुबाट अहिलेसम्म कुनै वस्तु बरामद नभएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । पक्राउ गरिएका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !!