काठामाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने वकिलले विघटन जायज रहेको जिकिर गरेका छन्। वरिष्ठ अधिवक्ता माधव बाँस्कोटाले विघटन जायज रहेको बुधबारको संवैधानिक इजलासमा बताएका हुन् ।
‘अविश्वासको प्रस्ताव अघिल्लो दिन नै दर्ता भएको भए श्रीमानहरुले पुनःस्थापना गर्न सक्ने अवस्था थियो। तर दर्ता हुन ढिला भएको र पार्टी पनि नफुटेको अवस्थामा विघटन जायज ’, उनले बताए ।
संविधानले नै विघटनको परिकल्पना गरेको गरेको जिकर गर्दै उनले ५ वर्ष पहिले विघटन नै हुन नपाउने भनि संविधानमा नलेखिएको बताए । ‘२ वर्षपछि विघटन हुन सक्छ। धारा ८५ मा अगाडि भन्ने विकल्प त्यसै कारण राखिएको ह’, उनले भने, ‘संविधानले विघटनलाई निशेधात्मक भनेको छैन।’
निर्वाचनबारे अदालतले ध्यान दिने कुरा नभएको तर्क गर्दै उनले खर्च दायित्वको विषय पनि अदालतको प्रश्न नभएको बताए । ‘संसदीय व्यवस्थालाई प्रयोग गर्दै जाँदा निर्वाचन सरकारले गर्न सक्छ। निर्वाचन हुनै सक्दैन भनेर रोक्न सकिँदैन। अदालतले संसद पुनस्थापना गरेपनि सरकार स्थिर हुँदैन’, उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !!