वीरगञ्ज : विश्व सफाई अभियानका अभियानकर्ताहरुले वीरगञ्जमा पनि सफाई गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा मंगलबार सरसफाई गरिएको हो ।
विश्व सफाई अभियानको क्रममा देशका विभिन्न शहरहरुमा जाने क्रममा चौथो पटक अभियानकर्ताहरु वीरगञ्ज आइपुगेको अभियानका दिलिप महर्जनले बताए । बाहिरको मान्छे आएर आफ्नो ठाउँको सरसफाई गर्दा सर्वसाधारण तथा नागरिकमा आफ्नो ठाउँको सफाई आफै गर्नुपर्छ भन्ने सन्देश जाने हुँदा अभियानको थालनी गरिएको अभियानकी सुशिला महर्जनको भनाई छ ।
‘मैले नगरे कसले गर्छ रु’‘म मेरो देश फोहर गर्दिन’ भन्ने नाराका साथ अभियानकर्ता विश्व सफाई अभियानमा लागेका छन् । अभियानकर्ता, ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय बुद्धिजिवि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतले वीरगञ्ज महानगरपालिकाको दमकलको सहयोगमा आदर्शनगर क्षेत्रमा बृहत सरसफाई गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले काठमाण्डौबाट आएका अभियानकर्ताहरुले चालेको कदमको सह्राना गर्दै उनिहरुबाट अरुले पनि पाठ सिक्नुपर्ने बताए ।
सरसफाइ कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी, विश्व सफाई अभियानका राजमान मानव, सुशिला महर्जन, दिलिप महर्जन, कमला महर्जन, लिला महर्जन, गिता महर्जन, दान बहादुर महर्जन लगायतको उपस्थिती रहेको सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!