रौतहट :रौतहट स्थित सशस्त्र बन गस्तिटोलिले पाँच वटा साईकलमा अबैध सालको गोलियाकाठ बरामद गरेको छ ।
डिभिजन बन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको गस्तिटोलिले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया काठ् बरामद गरेको हो ।
बरामद काठ २९ कयु।फिट भन्दा बढिरहेको प्रमुख साहले बताएका छन । अबैध रुपले बन बाट काठ लगेको बिशेष सूचनाको आधारमा गएको गस्तिटोलिलाई हेरेर काठ तस्कर फरार भएको थियो । यश अघि सोमबार राती पनि बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट बरामद गरेको थियो ।
बरामद काठ र साईकल डिभिजन बन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!