रौतहट : प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाका नेता बालकृष्ण सापकोटा सक्रियतामा अरर्बौको लगानीमा पूर्वाधार निर्माण को काम भैरहेको छ ।
नेता सापकोटा शहरी विकास मंत्री प्रभु साहको स्वकीय सचिव हुन् ।उनको सक्रियतामा र मंत्री साहको पहलमा भौतिक निर्माण कार्यले गति लिएको छ ।
चन्द्रपुर नगरपालिका ८र ९ वडामा २ कि.मि लाईनिङ ,चाँन्दि खोलामा तटबन्ध ५ सय मिटर,तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत पौराई ब्रह्मस्थान मन्दिर परिषरमा ३० लाख रुपैयाको लागतमा सिन्दुरेघारिधर्मशाला निर्माण भएको सचिव सापकोटाले बताएका छन ।
त्यसैगरी मोतिपुरमा ३५ लाखको लागतमा छठिघाट निर्माण , ३५ लाखको लागतमा मेनुका सिमसार प्रा।बि को भवन निर्माण,१ करोडको लगानीमा मरधर सिमसार ताल सौन्दर्यकरण गरिएको मन्त्री प्रभु साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले जानकारी दिएका छन ।
सहरी बिकास मन्त्रालयबाट मरधर सिमसार देखि सिन्दुरेघारी सम्म को बाटो स्तरोन्नति २ कि।मि ,सहरी बिकास मन्त्रालय बाट मरिनटोल देखि चेतनगर बजार सम्मको सडक स्तरोन्नति,मरधर गाँउको सडक स्तरोन्नति गरिएको छ । हुनेक्रममा निर्मानाधिन त्यस्तै सहरी विकास मन्त्रालय स्मार्ट सिटि अन्तरगत चन्द्रपुर न।पा। वडा नं। ८ को विभिन्न सडक स्तरोन्नति,मरधर चौउरी देखि बिक को घर हुँदै सुर्य कार्किको घर सम्मको सडम स्तरोन्नती भएको छ ।
उता स्मार्ट सिटि अन्तरगत चन्द्रपुर आर्मी क्याम्प देखि मोतिपुर (सिन्दुरेघारी ( डुमरिया सडक कालो पत्रे,बनटोल जुडबेला फुलवारी ( कलटोल सम्म सडक कालो पत्रे,डुमरिया ( बनबहरी( रंगपुर सडक कालो पत्रेको लागि डिपिआर भई टेण्डर प्रक्रियामा रहेको सचिव सापकोटाले बताएका छन ।मरधर सिमसार ताल सौन्दर्यकरण निमार्ण,जनजाति आदिवासी सग्रालय निर्माण, मंगलपुर ( दोभान सडक कालो पत्रे,चन्द्रपुर न।पा। ६ मा गुम्वा निर्माण , नयाँबस्ति कटानि गाउमा अधुरो बाटो कालो पत्रे सन्तपुर कृष्ण मन्दिर परिषदको पुर्वाधार निर्माणको लागि टेण्डर हुनलागेको छ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा मन्त्री प्रभु साहको बिशेष पहलमा उक्त कार्यहरुको प्रगति भएको सचिव सापकोटाले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया !!