रौतहट : जिल्लाको गुजरा नगरपालिकामा नगर सभा हल निर्माण हुने भएको छ।
३९ लाख ७० हजारको लागतमा निर्माण हुन लागेको सभा हलको सोमबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख सन्तलाल चौधरीले शिलान्यास गर्नुभएको छ।
सिमरा भवानीपुरमा रहेको नगर कार्यालय सँगैको खाली जग्गामा सभा हल निर्माण हुन् लागेको हो। जिल्ला समन्वय समितीको १८ लाख ६० हजारको लागत साझेदारीमा बन्न लागेको सो हल यसै आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने इन्जिनियर प्रविन चौधरीले बताउनुभयो।
उक्त शिलान्यास कार्यक्रममा नगर उप प्रमुख रौशन खातुन शेख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !!