विनय कर्ण,राजविराज : मानव अधिकारीवादी कृष्ण पहाडीले सर्वोच्च अदालत मतियार नभए संसदको पुनःस्र्थापना हुने बताएका छन् ।
उनले संविधानमा संसद विघट्न गर्ने व्यवस्था नभएकोले प्रधानमन्त्री केपी ओलीको सनकका कारण संसद विघट्न भएको बताउँदै सर्वोच्च अदालतले संसदको पुनःस्र्थापना गर्ने बताए ।
सप्तरीको राजविराजमा मधेशी नागरिक समाजले आयेजना गरेको देशको समसमायिक राजनिति परिस्थिती संसद विघट्न तराई मधेशको भ्रमण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पहाडीले भने ‘ओलीको दवाई सर्वोच्च अदालतले गर्छ, म विश्वस्त छु ।’
उनले यो संविधानले संसद विघट्नको परिकल्पाना नै नगरेको आधारमा ओलीले चालेको कदम लोकतन्त्र विरोधी भएको बताए । ‘केपी ओली अल्पमतमा परेपछि आफ्नो दलमा आगो लगाउनु भयो र संसदमा अल्पमतमा परेपछि संसदमा आगो लगाउनु भयो, हामी मौन बस्यो भने संघीयता र गणतन्त्रमा आगो लगाई दिनुहुन्छ,’ उनले भने ‘प्रश्न संसद विघट्नको मात्रै होईन प्रश्न संविधानको विघट्नको क्रम शुरु हुन थालेको हो कि ?’
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा चढेर प्रतिगमन यात्रा गरिरहेको यो बेलामा नागरिक समाजलाई जागरुक हुन आग्रह गरे । ओलीको सनकको कुनै सिमा नभएको र देशलाई यो अवस्थामा पु¥याउन प्रचण्ड, माधव नेपाल र शेरवहादुर देउवा पनि उत्तिकै दोषी रहेको पहाडीले भने ‘नेता फालेर व्यवस्था जोगाऔ ।’
समृद्ध नेपाल सुखी नेपालीको नारा दिएर प्रधानमन्त्री ओलीले उखान टुक्का र कमेडी मात्रै बाँडेर हिडेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र सनकीको संज्ञा दिदै ‘जनता अहिले मौनतामा छ यसलाई कमजोरी नठाने हुन्छ’ पहाडीले भने ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पसडासैनीले अधिकार हनन भईरहेको बेला नागरिक समाजलाई अगाडी आउन आग्रह गरे । उनले अधिकार प्राप्तिका लागि नागरिक समाज आन्दोलनमा आउँछन् र फेरी घरमा गएर सुत्छन्, त्यसैले नेताहरु देशमा मनमानी गरेको बताए ।
कुनै पनि नेताले नागरिक समाजलाई सही कुरा बताउने नभएकाले त्यसबाट सचेत रहनुपर्ने तर्क गरे । प्रधानमन्त्रीले आपत्तीजनक अभिव्यक्ति दिएर सर्वोच्च अदालत माथि प्रभाव पार्ने काम गरेको भन्दै ‘यो प्रधानमन्त्रीको कृतेतन्त्र हो’ उनले भने ।
जेष्ठ नागरिक एवं बरिष्ठ राजनीतिज्ञ खुशीलाल मंडलको अध्यक्षमा भएको कार्यक्रममा सयको संख्यामा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो भने सहजकर्ता रामरिझन यादवले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।
झापाको भद्रपुर बाट अभियान शुरु गरेका पहाडी हुलाकी राजमार्ग हुदै २९ स्थानमा नागरिक समाज संग अन्तरक्रिया गर्दे फाल्गुन ७ मा बीरगंज पुगेर समापन गरिर्ने जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!