काठमाडौं : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री पार्वत गुरुङले माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन ।
२०७७ साल माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
१. नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री हितेन्द्र देव शाक्यलाई नियुक्ति गर्ने।
२.अवसरमा २०७७र१०र३० गते सार्वजनिक बिदा दिने ।
३. दुई चरणमा सम्पन्न हुने आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन देहाय बमोजिम हुने गरी प्रदेश र जिल्लाहरु तोक्ने ।
क. पहिलो चरण मिति २०७८ बैशाख १७ गतेस् प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सूदुरपश्चिम प्रदेश अन्तर्गतका ४० वटा जिल्लाहरु ।
ख. दोस्रो चरण मिति २०७८ बैशाख २७ गतेस् प्रदेश नं। १, बागमती प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका ३७ वटा जिल्लाहरु ।
४. संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को द्धटऔं सत्रको उच्चस्तरीय सप्ताहमा भर्चुअल माध्यमबाट सहभागी हुन माननीय परराष्ट्रमन्त्रीज्यूको नेतृत्वको १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
५.मदन भण्डारी रङ्गशाला आयोजनाको विकास तथा सञ्चालन गर्नका झापा जिल्लाको दमक न।पा।(३ मा रहेको कूल जम्मा २७।०० हेक्टर ९सत्ताइस हेक्टर० राष्ट्रिय वन क्षेत्र ९हंसे दुम्से सामुदायिक वनमा रहेको० प्रयोग गर्न र तहाँ रहेका जम्मा १९२४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने ।
६. लुम्विनी केवलकार प्रा।लि। लाई रुपन्देही र पाल्पा जिल्ला अन्तर्गतको कूलजम्मा ६।२७ हेक्टर राष्ट्रिय वन क्षेत्र ९रुपन्देहीतर्फ वुटवल उमनपा(३ को चुरे सामुदायिक वन समेतको ३।१६ हेक्टर र पाल्पातर्फ तिनाउ गा।पा।(३ को चिउरीडाँडारन्याउली सामुदायिक वन समेतको ३।११ हेक्टर वन क्षेत्र० २५ वर्षका लागि प्रयोग गर्न दिने र तहाँ रहेका कूलजम्मा १३३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिने ।
७. शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ स्वीकृति गर्ने।
८. मलेसियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत तथा सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने।
९. साना विकास परियोजनाअन्तर्गत जिल्ला समन्वय समितिमार्फत् कार्यान्वयन भइरहेका अधुरा आयोजनाहरू सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने।
१०. निर्वाचन आयोग र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
११. विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्वन्धमा “माध्यमिक शिक्षा ९कक्षा १०० को एसइई परीक्षा सम्वन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने । शैक्षिक सत्र एवम् विद्यालय शिक्षाका सबै तह र कक्षाका विद्यार्थिहरुलाई स्थानान्तरण सम्वन्धमा शिक्षा नियमावली, २०५९ मा तत् सम्बन्धी आवश्यक व्यवस्था गर्ने।
२०७७ साल माघ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
१. बेरुजू फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिको वार्षिक प्रतिवेदन, २०७७ को परिच्छेद ३ ९तीन० मा उल्लेख भएका सुझाव एवं सिफारिसहरू कडाइका साथ कार्यान्वयन गर्न सबै निकायहरूलाई निर्देशन दिने।
२. सहलगानी सम्बन्धी ९पहिलो संशोधन० कार्यविधि, २०७७ स्वीकृत गर्ने ।
३. बीमा समितिको अध्यक्ष पदमा बिरगञ्ज महानगरपालिका निवासी श्री सूर्य प्रसाद सिलवाललाई नियुक्ति गर्ने।
४. सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय खड्क बहादुर राई र मन्दिप श्रेष्ठको मिति २०७७।१०।२७ देखि मिति २०७८।१०।२६ सम्म १ वर्ष पदावधी थप गर्ने।
५. नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यलाई प्राविधिक सहायक रथी र प्राविधिक प्रमुख सेनानी जगत शाहलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने।
६.सहजपुर(वोक्तान(दिपायल सडक आयोजना ९५८ कि।मी। पहिलोखण्ड० को राइट अफ वेको निर्माण गर्न तथा उक्त सडकका आवश्यक संरचनाहरु तयार समेत गर्नका लागि कैलाली र डोटी जिल्ला अन्तर्गत रहेको कूलजम्मा १२६।५० हेक्टर ९एकसय छब्बीस दशमलव पाँच शून्य हेक्टर० राष्ट्रिय वन क्षेत्र ९विभिन्न सामुदायिक वनहरु लगायतको राष्ट्रिय वन क्षेत्र० प्रयोग गर्न दिने र तहाँ रहेका कूलजम्मा ३७९५ वटा रुखहरु हटाउन समेत स्वीकृति दिने ।
७. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालन हुने प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम, कार्यक्रम कार्यान्वन इकाई ललितपुर एवम् सातै प्रदेशमा स्थापना हुने स्थानीय पूर्बाधार विकास आयोजना कार्यालयहरुका लागि अधिकृतस्तरका ३४ अस्थायी दरवन्दी स्वीकृत गर्ने ।
८. वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन, यूकेबाट विश्व रेकर्डको प्रमाणपत्र प्रदान गर्नका लागि मिति २०७७ माघ २० मा नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रममा २०७७ माघ २० देखि माघ २६ सम्म माननीय शहरी विकास राज्यमन्त्रीज्यूलाई निजी खर्चमा भाग लिन स्वीकृति दिने ।
९. राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री सुमनराज अर्याललाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने।
तपाईको प्रतिक्रिया !!