धर्मेन्द्र साह ,रौतहट : सदरमुकाम गौरमा रहेको मधेशी क्रान्ति चौकमा स्मृति टावरको निर्माण हुने भएको छ । गौर नगरपालिकाको लगानीमा उक्त स्मृति टावर निर्माण हुन् लागेको हो ।
निर्माण हुन् लागेको स्मृति टावर निर्माण कार्यको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले शिलान्यास गर्नु भएको हो । सोमवार एक कार्यक्रमका बीच नगर प्रमुख अजय गुप्ता र उपभोक्ता समितिका अध्यक्ष अवधेश यादवले सयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
एक करोडको लागतमा बन्न लागेको सो स्मृति टावरको निर्माण कार्य दुई बर्षमा सकिने छ । चालु आर्थिक बर्षको लागि गौर नगरपालिकाले सो आयोजनाको लागि ४० लाख रकम बिनियोजन गरेको छ ।
शिलान्यास पछि बोल्दि नगर प्रमुख गुप्ताले स्मृति टावरको निर्माण संगै गौरले पहिचान पाउने बताउनु भएको छ । वहाले टावर निर्माण पछि गौरको सुन्दरता पनि बढ्ने र देशको लागि योगदान गर्ने व्यक्तित्वहरुको स्मरण पनि गर्न सकिने बताउनु भएको छ ।
वहाले टावरमा देशको लागि योगदान दिने व्यक्तित्वको साथै बिभिन्न कालखण्डमा सहादत प्राप्त गरेका सहिदहरुको प्रतिमा समेत स्थापना गर्ने बताउनु भएको छ । “ गौर नगरपालिकाको मुटुमा यस्तो निर्माण हुदा सहरको मौलिकता बढ्ने र यसले गौरको शौन्दर्यकरणमा टेवा पुर्याउने छ “ वहाले बताउनु भएको छ । शिलान्यासको क्रममा प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादव , प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाह,बिभिन्न वार्डका वार्डाअध्यक्षहरु संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !!