धनवीर महतो,गौशाला : महोत्तरीको गौशालामा पहिलोपटक डिप्लोमा ईन आयुर्वेद विज्ञान विषयको पठनपाठन शुरु भएको छ । सोमबार राष्टिय मावि कान्तिवजारको प्रागण आयोजित एक कार्यक्रमकाबीच नेपालमै पहिलोपटक सो विषयको पठनपाठन सुचारु भएको हो । सिटीईभिटीसँग समन्वयन गर्दै गौशाला नगरपालिकाले सो तहको पठनपाठन सुचारु गरिएको हो ।
कार्यक्रमलाई शुभाराम्भ गर्दै पूर्वमन्त्री गिरीराजमणि पोखरेलले आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडि सवैको सहयोगमा अभियानको रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । पश्चिमा विज्ञानतर्फ आकर्षित भएकै कारण समाजबाट योग, ध्यान लोप हुँदै गएकोले तिनै तहका सरकारले प्राचिन विज्ञानलाई जीवन्त राख्ने किसिमको अभियान जनस्तरसम्म संचालन गर्नुपर्ने आवश्यकता उपर पूर्वमन्त्री पोखरेलले स्पष्ट पार्नुभयो । पूर्वशिक्षामन्त्री समेत रहनुभएका पोखरेलले मध्यमस्तरीय जनशक्ति उत्पादन गर्नका लागि आयुर्वेद शिक्षाको भुमिका अहम रहेको बताउनुभयो ।
कार्यक्रमकाबीच प्रदेश नं. २ का समाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कापडीले शिक्षा, स्वास्थ्यलाईं प्राथामिकतामा राखि प्रदेश सरकारले मानव सुचांकनलाई अगाडि बढाउने किसिमको योजना तयार पारिएको जानकारी दिनुभयो । प्रदेश सरकारका शिक्षा नितीमा गौशाला नगरपालिकालाई समेटिएको प्रदेश सचिव कापडीले बताउनुभयो । सोहीवीच सिटिईभिटी प्रदेश २ प्रमुख नागेन्द्र साहले गुणस्तरीय प्राविधीक शिक्षाको माध्यमलाई प्रदेश नं.२ लाई नमुना बनाउने किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सरोकारवाला निकायसमक्ष आग्रह गर्नुुभयो ।
अध्यक्षताको रुपमा सम्बोधन गर्नुहुँदै नगरप्रमुख शिवनाथ महतोले संस्था उदघाटन गरेर मात्र नहुने भएकोले यसलाई व्यवस्थित गरि निरन्तरता प्रदान गर्नुपर्नेमा सवैको भुमिकाको आवश्यकता उपर जोड दिनुभयो । प्रदेश नं. २ का समाजिक विकास मन्त्रालयले आयुर्वेद अस्पताल निर्माणका लागि ३० लाख बराबरको सहयोग प्राप्त भएको नगरप्रमुख महतोले जानकारी दिनुभयो ।
गौशाला प्राविधीक शिक्षालय भवनको शिलान्यास
स्थानिय महेन्द्र लामाले व्यक्तिगत रुपमा प्रदान गरेको १० कटठा जग्गामा पूर्वमन्त्री पोखरेलद्धारा गौशाला प्राविधीक शिक्षालय भवनको शिलान्यास भएको हो । सो जग्गा सोमबार मालपोत कार्यालय जलेश्वरबाट शिक्षालयको नाममा दर्ता समेत भईसकेको गौशाला नगरपालिका वडा नं. १२ का अध्यक्ष कृष्ण वहादुर बिश्वकर्माले बताएका छन ।
जग्गा प्राप्ति भएपछि अव गौशाला प्राविधीक शिक्षालयको कामकाज तीव्र गतिमा अगाडि बढने वडाअध्यक्ष विकले जानकारी दिएका छन । यस अघि पनि वामपन्थी नेता लामाले विभिन्न समयमा आएर समाजसेवाका लागि निःशुल्क रुपमा सहयोग प्रदान गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !!