रौतहट : रौतहट जिल्लाको गुजरा नगरपालिकामा नगर स्तरीय टी ट्वोन्टी गुजरा मेयर कप क्रिकेट प्रतियोगीता शुरु भएको छ ।
गुजरा नगरपालिकाको वडा नम्वर ४ कनकपुरमा शनिबार देखि शुरु भएको टी ट्वोन्टी प्रतियोगिताको उद्घाटन गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले ब्याटिङ्ग गरी गरेका छन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख चौधरीले खेलकुदले मानिसलाई अनुशासित बनाउने गर्छ र अनुशासित व्यक्ति मात्र असल खेलाडी बन्न सक्ने भएकोले अबका नव यूवाहरुलाई खेलकुदमा सक्रिय हुन आव्हान गरेका छन् ।
उद्घाटन कार्यक्रमका विशिष्ट अतिथी गुजरा नगरपालिकाका उप प्रमुख शेख रौशन खातुनले खेलकुदले शारीरिक तथा मानसिक रुपले मानिसलाई स्वास्थ्य राख्ने भएकोले हामीले दैनिक खेलकुदका लागि पनि समय निकाल्नु पर्ने कुरामा जोड़ दिएकी छन् ।
गुजरा नगरपालिकाको आर्थिक सहयोग तथा रैज रेद युथ क्लव, चंद्रपुरको आयोजना संचालित उक्त उद्घाटन कार्यक्रमका अतिथीहरु युवा नेता शेख बद्रुदिन अरमान भाई, वडा अध्यक्ष पवन राज गिरी, बिनोद जैसवाल लगायतले खेलकुदका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्य राख्ने क्रममा सजपाका युवा नेता अरमान भाईले अहिलेका यूवाहरु भनेको साइवर युगका यूवाहरु हुन्, समाज र राष्ट्रलाई कता तिर लैजाने भन्ने जिम्मेवारी यूवाहरुको काधमा रहेकोले देशलाई सही दिशामा डोर्याउनु पर्ने बताएका छन् । उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी तथा खेल प्रेमीहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !!