Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बयर र केशोर उत्पादक किसान निराश


बयर र केशोर उत्पादक किसान निराश

महोत्तरी : मिथिलामा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको हुन्छ । चन्द्रमासको माघ शुक्ल पञ्चमी अर्थात् मैथिल हिन्दू परम्पराको श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर ९रुखमा फल्ने फलविशेष० र केशोर ९माटोमुनि फल्ने फल विशेष० उत्पादक किसानले आफ्नो समय आएको ठान्छन् । यसपालि बयर र केशोर उत्पादक किसान पर्व आउञ्जेल आफ्नो उत्पादन नरहने चिन्ताले चिन्तित छन् ।

श्रीपञ्चमी अर्थात् मैथिल हिन्दू परम्परामा विद्यादायिनी सरस्वती देवीको पूजामा बयर र केशोरको निकै महत्व हुने गरेको छ । बस्तीबस्तीका विद्यालय र घरघरै पनि उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजनोत्सवमा प्रसादका रुपमा बयर र केशोरको प्रयोग गरिने परम्पराले यो बेला यी उत्पादनले राम्रो बजार पाउँछन् । माघ महिनामा तयार हुने यी दुवै फसलले यसपालि अधिकमासको प्रभावले श्रीपञ्चमी पर्व पछि धकेलिएपछि किसान निराश भएका हुन् ।

“बयर पहेंलपुर पाकेर बग्रेल्ती भुइँमा झरेको छ”, भङ्गाहा नगरपालिका–४ पलारकी किसान सियानकीदेवी बाँतरले भन्नुभयो, “पवनी ९पर्व० आउन अझै धेरै दिन बाँकी छ, यसपालि पवनीसम्म बयर टिक्ने आश अब म¥यो ।” अरुबेला खासै रोजाइमा नपर्ने बयर श्रीपञ्चमी आउनुपूर्व नै झरिसकेपछि यस वर्ष यो फसलबाट आम्दानीको आस मरेको सियानकी बताउनुहुन्छ ।

बयर पाक्ने मुख्य बेला माघ मध्यताका हुने र पाकेका बयर रुखबाट बरर झर्ने भएका हुँदा यसपालि श्रीपञ्चमी पर्वसम्म यो नटिक्ने किसानको चिन्ता हो । चन्द्रमासको गणनाले माघ शुक्ल पञ्चमीमा मनाइने यो पर्व यसपटक गत असोजमा परेको अधिकमास ९मलमास० को प्रभावले सौरमासको फागुनमा धकेलिएपछि बयर पर्वसम्म नटिक्ने किसानले बताएका हुन् । बयर पाकेको केही दिनमै भुइँमा झर्ने र नझरेका पनि रुखमै कक्रिएर कालो हुने सियानकीकै छिमेकी अर्का किसान महेश बाँतर बताउनुहुन्छ ।

यसैगरी माटोमुनि फल्ने केशोरको पनि तयार हुने महिना सौरमासको माघ नै हो । खन्न ढिलो हुनासाथ माटोमुनि नै फल कुहिँदै जाने, कालो धब्बा लाग्ने र स्वाद बिग्रँने भएको हुँदा केशोर पनि यसपाली पर्वसम्म टिकाउन सकिने किसानले आश मारेका छन् । “केशोर खन्न अब ढिलो हुँदैछ, श्रीपञ्चमीको अझै पत्तो छैन”, महोत्तरीकै बर्दिबास नगरपालिका–७ मनहरिपुरका किसान रोशन यादव भन्नुहुन्छ, “खै यसपालि केशोरबाट राम्रो आम्दानी लिन सकिने छाँट छैन ।” आफ्नो बस्तीमा मुख्य बालीकै रुपमा केशोर खेती गरिने र यो श्रीपञ्चमी पर्व केन्द्रित नै हुने हुँदा पर्वपछि धकेलिँदा प्रतिकूल बनेको रोशनको भनाइ छ । टाढाटाढासम्म केशोर निर्यात गर्ने मनहरिपुरका किसान बारीमा फसल तयार भए पनि पर्व पछि धकेलिंदा अहिले बिलखबन्द परेका छन् ।

जिल्लामा बयर व्यावसायिकरुपमै खेती गर्ने किसान त थोरै छन् । केशोर खेती भने जिल्लाका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका बस्तीमा किसानले सघनरुपमा गर्दै आएका छन् । सरस्वती पूजनोत्सवका बेला यस भेगमा उत्पादित केशोर मुलुकभित्रकै टाढाटाढाका बजार र भारतीय बजारसम्म पुग्ने गरेको गौशाला–१० का किसान लक्ष्मीप्रसाद महतो बताउनुहुन्छ । स्वास्थ्यका दृष्टिले गुणकारी फल केशोर पर्व विशेषको प्रसाद सामग्री मात्र नभई मौसमी फलका रुपमा खाने चलन आमरुपमा बस्न सके यसको बजार विस्तार अझ बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । खानामा अरुची हटाउन, पाचन क्रिया मजबुत बनाउन, कोशिका सक्रिय बनाउन र रगत शुद्धीकरणका लागि केशोर अत्यन्त उपयोगी फल रहेको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको भनाइ छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह
Banner News

भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह

कार्तिक १४, २०८०, ८:३३ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM

ताजा समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर