संजय मिश्रा,रौतहट : जिल्लाको गुजरा नगरपालिका वडा २ स्थित पछिल्लो केही दिनदेखि अनौठो सर्पको जोडी हेर्नेहरुको दैनिक भिडभाड लागि रहेको छ ।
गुजरा २ स्थित लमहा नदिको पुरानो भत्किएको पुल छेउमा सर्प हेर्नेहरुको भिडभाड देखिएको हो । अहिले टाढा टाढा बाट मानिसहरु नागदेवता भन्दै कालो रंगको एकजोडी सर्प लाई हेर्न आउने गरेको वडा २ का अध्यक्ष अशोक कुमार चौधरीले बताएका छन ।
झन्डै आठ १० फिट लामो उक्त एकजोडी सर्प पछिल्लो दुई तीन हप्ता देखि पुलछेउको झ्यांग बाट बाहिर निक्लेर दिनभरी बाहिर बस्नेगरेको वडा अध्यक्ष चौधरीले जानकारी दिएका छन ।
सर्पको १० फिट नजिक पुगेर हेर्दापनी मानिस हेरेर नभाग्ने अथवा मानिस माथी आक्रोशित हुने गरेका छैनन् ।
गुजरा २ वरपरका मानिसहरु नागदेवता भन्दै उक्त स्थानमा शंकर भगवानको मन्दिर स्थापना गर्न माग गरिरहेका छन । अहिले दैनिकजसो उक्त सर्पको तस्बिर र भिडियो सामाजिक संजालमा समेत छाएको छ ।
समाचार लेख्दा सम्म उक्त सर्पको पहिचान खुलेको छैन तर नजिकैको बन बाट नदिको पानीले बगाएर ल्याएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन ।
तपाईको प्रतिक्रिया !!