काठमाडौं : प्रचण्ड – नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा आफूहरू तमासे नबन्ने चेतावनी दिएका छन्।
उनले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दैन नेपालले कानून र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदम विरुद्ध शसक्त आन्दोलन गर्ने बताए।
‘केपी ओलीले जे जे गर्छन् खुरु खुरु मानेर तमासा हेरेर बस्ने वाला छैनौं। यो सबै स्थितिको श्रृजना गर्ने कारकतत्व भनेको केपी ओलीजी नै हो। ओलीले पार्टीबाट सुरू गरे रजाइलाई आफ्नो कब्जामा पार्ने कोशिश गर्न थालेका छन्। यो पनि गरे र यो सिंगो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै निमोठ्दै गईरहेका छन्। त्यसैले यो नेकपा भित्रको मात्रै आन्तरिक मामिला होइन। देश, लोकतन्त्र, संविधान, विधिा र कानूनी शासनको कुरा हो’, उनले भने।
संसदीय सुनुवाई विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णय विरूद्ध विहिबार देशव्यापी आमहड्ताल गरेको प्रचण्ड माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्याप्रति क्षमा माग्दै सफल पार्न सहयोग गरेकोमा धन्यवाद पनि दिए।
तपाईको प्रतिक्रिया !!