विनय कर्ण,राजविराज : नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षले शुक्रबार सप्तरी जिल्लाको सबै संसदिय निर्वाचन क्षेत्रहरुमा विरोध सभा प्रर्दशन गरेको छ ।
संवैधानिक निकायमा नियुक्ति र प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कद्मको विरोधमा बिहीबार आहवान गरेको नेपाल बन्दको क्रममा प्रदेश २ को राजधानी जनकपुर सहितको स्थानमा भएको प्रहरी दमनको विरोधमा प्रदर्शन गरेको हो ।
जिल्लाको संसदिय क्षेत्र नम्वर १ स्थित भारदह, क्षेत्र नम्वर २ को राजविराज, क्षेत्र नम्वर ३ को कठौना र क्षेत्र नम्वर ४ को कल्याणपुरमा विरोध प्रर्दशन तथा सभाको आयोजना गरिएको नेकपा सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल जानकारी दिए ।
क्षेत्र नम्वर १ स्थित भारदहमा नेकपा सप्तरीका नेता भागवत यादव, राहुल मण्डल, बसन्त मण्डल सहितका वक्ताहरुले विरोध सभालाई सम्बोधन गरे ।
क्षेत्र नम्वर स्थित राजविराजमा विरोध सभालाई सम्बोधन गर्दे नेकपाका प्रदेश कमिटी सदस्य महेश यादवले बिहीबार बन्दको क्रममा जनकपुरमा पार्टीका नेताद्वय मात्रिका यादव र रामचन्द्र झा सहितका नेता कार्यक्रर्तामाथि प्रहरीले दमन गरेको बताए ।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रेको बताउँदै लोकतन्त्रान्त्रिक व्यवस्थामा आन्दोलन गर्नेमाथि प्रहरीले दमन गर्नु निन्दनीय काम भएको उल्लेख गरे ,।
यादवले असंवैधानिक रुपमा गरिएको प्रतिनिधी सभाको विघटन विरुद्धको आन्दोलनलाई निष्कर्षमा पु¥याउन प्रतिगमनको बिरोधमा उर्तिएका सबै दलहरु मिलेर संयुक्त आन्दोलन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य निरंजन झाले पार्टीका नेता मात्रिका यादव र रामचन्द्र झा माथि भएको प्रहरी दमनको छानविन गर्नुपर्ने बताए । उनले आन्दोलनमा प्रहरी दमन लोकतन्त्र माथि प्रहार भएको तर्क गरे ।
नगर स्तरीय आन्दोलन परिचालन समितिका संयोजक केदार देवले प्रतिगमन विरुद्धको आन्दोलनमा सहयोग गर्न आम जनसमुदाय संग अपिल गरे । दवले प्रतिगमन नसच्चिए सम्म आन्दोलन जारी रहने बताए ।
यसैबीत जनता समाजवादी पार्टी सप्तरीले पनि राजविराजमा विरोध प्रदर्शन र सभा गरेका छन् ।
अलोकतान्त्रिक रुपमा गरिएको प्रतिनिधि सभा विघट्नको विरोधमा नारावाजी गर्दे जसपाले विरोध प्रदर्शन र सभा गरेका हुन् ।
तपाईको प्रतिक्रिया !!