Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

युवाहरूका नाममा खुलापत्र


रवीन्द्र मिश्र
जसका नाममा म यो पत्र लेख्दैछु, सम्भवतस् ती युवाले यो पत्र पढ्ने छैनन्। पढिहाले भने तिनले ममाथि सायद गालीको वर्षा गर्नेछन्। जो युवाले यो पत्र पढ्ने लगभग निश्चित छ, तिनका लागि यो लेखिएकै होइन।

थोरै विडम्बनाको स्थितिबाट मैले यो पत्र सुरू गरेँ। जो यस्ता सामग्री पढ्दैनन् र पढे पनि असहिष्ण हुन्छन्, तिनीहरूसम्म यो पत्र पुगिदेओस् भन्ने मेरो कामना छ।

इतिहासलाई एकछिन परै राखौँ। गत केही साताका राजनीतिक गतिविधि नियालौं। श्रम गरेर परिवार पाल्ने निहत्था ट्याक्सी ड्राइभरको ट्याक्सीमा आगो लगाउने कोरु चिया बेचेर साना नानीहरूको पेट भर्ने पसलेमाथि लाठी प्रहार गर्दै तोडफोड गर्ने कोरु सडकमा टायर बाल्न जाने कोरु भ्रष्टाचारी नेताले भ्रष्टाचारविरूद्ध र्‍याली आह्वान गर्दा हजारौंको संख्यामा सडकमा निस्किने कोरु देशका प्रधानमन्त्रीले तुच्छ भाषा प्रयोग गर्दा दर्शकदिर्घामा बसेर पर्रर ताली पिट्ने कोरु अब साकाहारी आन्दोलनले पुगेन भन्दा कर्तलध्वनीले त्यो भनाइको स्वागत गर्ने कोरु पार्टीले भ्रष्टाचार गरेर जम्मा गरेको पैसाबाट हालिदिएको पेट्रोल भरेर सारा सहर जाम गर्दै मोटरसाइकल र्‍याली गर्ने कोरु

ती सबै युवा हुन् र अधिकांश कलेज पढ्ने, आफूलाई केही न केही चेतनशील सम्झिने युवा हुन्।

mभमजबखष्दष्मज बिद दयह बम छलदm दयह बम द्ध
यो देशको आधा जनसंख्या २५ वर्षमुनिको छ। तिनै युवाको एउटा पुस्ताको काँध चढेर २०४६ सालको जनआन्दोलन भयो। ती युवाले केही पाएनन्। न आफ्ना छोराछोरीलाई राम्रो स्कुल पाए। न आफ्ना बुवाआमाका लागि राम्रो अस्पताल पाए। न आफ्ना लागि राम्रो रोजगारी र जीवनस्तर पाए।

निसन्देह रूपमा भन्न सकिन्छ, ०४६ सालको जनआन्दोलनमा आगो बोकेर हिँडेका अधिकांश युवा आज वृद्धावस्थामा जीवन कसरी धान्ने, गम्भीर बिरामी परे कुन घरखेत बेचेर उपचार गर्ने र छोराछोरीलाई देशबाहिर पठाएर उनीहरूको भविष्य कसरी सुनिश्चित गर्ने भन्ने चिन्ताले ग्रस्त हुनुपर्छ। तर ती युवाको काँध चढेर आन्दोलन गर्नेले सबै पाए।

माओवादी सशस्त्र द्वन्द्व सुरू भएपछि युवाको अर्को पुस्ताले बन्दुक बोक्यो। शत्रुका नाममा आफ्नै छिमेकी रेट्यो, आफ्नै गुरूको छातिमा गोली ठोक्यो। स्कुल छाड्यो। विभेद र गरिबीबाट मुक्ति पाउने आशामा छरपस्ट मृत्युवरण गर्‍यो। तर उसले केही पाएन। उसलाई बन्दुक बोकाउनेहरूले सबै पाए। आलिशान जीवन पाए। बिरामी भए उपचार गर्न विदेशका विशिष्ट अस्पताल पाए।

जब फेरि तिनै युवाहरू, माइतिघरमा नुनका ढिकाजस्ता आँशुका दाना खसाल्दै रूने र चिसोमा मर्ने उखु किसानका लागि उभिन जाँदैनन्, तर तिनै युवा जुकाले झैं निरन्तर रगत चुस्ने अपराधकर्मीहरूको आवाजमा उद्वेलित हुन्छन्, मलाई लाग्छ युवाको एउटा ठूलो पंक्तिमा गम्भीर समस्या छ।

युवाहरूको ठूलो पंक्तिमा देखिएको आधारभूत समस्याबारे चर्चा नगर्ने, त्यो समस्या उजागर नगर्ने र सबै मिलेर त्यसलाई सम्बोधन नगर्ने हो भने, यो देशको राजनीति अझै वर्षौंसम्म परिवर्तन हुने छैन। त्यसको सबभन्दा ठूलो शिकार तिनै युवा हुनेछन्, जो आज देश दोहनकारी, युवाको भविष्य नष्टकारी नेताको भ्रष्ट आवाजमा कर्तलध्वनीका साथ ताली पिटिरहेछन्।

यसो भन्दा मलाई अरिंगालहरूले आक्रमण गर्न सक्छन्। तिनले भन्नेछन्, ुअरूको पार्टीमा धेरै युवा गएको देखेर तपाईंको कुण्ठा बोलेको हो।ु

भन्नुहोस्, केही फरक पर्दैन। तर बुझ्न प्रयास गरिदिनोस्( के तपाईंले पाएको स्कुल र कलेजको शिक्षाको स्तरबाट तपाईं राम्रो रोजगारी अपेक्षा गर्न सक्नुहुन्छरु के तपाईंले केही न केही रोजगारी पाइहाल्नुभयो भने त्यसबाट जीवन सहज रूपमा बिताउन सकिएला, छोराछोरीलाई राम्रै जीवन दिन सकिएला, आमाबुवाको बुढेसकालमा सहज रूपमा सेवा गर्न सकिएला भन्ने आशा छरु

तपाईंका नेताजस्ता नेताले होइन, इमान भएका सक्षम नेताले शासन गरेका सुशासित देशमा तपाईंजस्ता युवाले दैनिक ज्यालादारीमा सामान्य काम गरेर पनि वर्षमा एकपटक झोला बोकेर छुट्टी मनाउन जानसक्ने हैसियत राख्छन्। देशको प्रतिव्यक्ति आयस्तर बढेपछि सामान्य श्रम गर्नेले पनि जीवनका आधारभूत आवश्यकताहरू पूर्ति गर्न सक्छ। के तपाईं तुलनात्मक रूपमा राम्रै जागिर पाए पनि वर्षमा एकपटक आफूले कमाएको पैसाबाट देशभित्र या बाहिर घुम्न जाने कल्पना गर्न सक्नुहुन्छरु गर्न सक्नुहुन्न।

तपाईं कल्पना केको गर्नु हुन्छ, थाहा छरु कसरी कुन नेताको नजिक भएर अस्वाभाविक रूपमा जागिरको या आर्थिक लाभ लिन सकिन्छ। कसरी सके युरोप, अमेरिका, नसके खाडी र दूरपूर्व उड्न सकिन्छ। कसरी ग्रिनकार्ड या पर्मानेन्ट रेजिडेन्सी लिएर उतै बस्न सकिन्छ। जब मान्छे आफैंमा सक्षम हुँदैन उसलाई टेक्ने सहारा चाहिन्छ। जो आफैं सक्षम हुन्छ, ऊ स्वाभिमानका साथ नाक ठाडो पारेर उभिन्छ। अत्यन्त पीडाका साथ भन्दैछु, तपाईंका नेताहरूले यो देशको हुनेखाने वर्गमा नपर्ने सम्पूर्ण युवाहरूलाई विकलाङ्ग बनाएर हुर्काइरहेका छन्। ती युवालाई सामान्य रूपमा सहज जीवन बिताउन जिन्दगीभर संघर्ष गर्दा पनि त्यो असम्भव हुन्छ।

र, पनि तपाईं देउवाका जाली, ओलीका झेली र प्रचण्डका मांसाहारी भाषणमा ताली पिट्नुहुन्छरु लोकतन्त्र हो, पिट्न चाहनुहुन्छ भने पिट्नुहोस्। त्यसको अर्थ के हो भने, तपाईं यस्तै जीवनका लागि अभिशप्त हुनुहुन्छ र आफ्ना सन्तानलाई पनि आफ्नै जस्तो जीवनका लागि अभिशप्त बनाइरहनुभएको छ।

यी भन्नैपर्ने कुरा थिए, मैले भनेँ। गरिबको ट्याक्सी जलाएर होइन, गरिबको चिया पसलमा लाठी बर्साएर होइन, बिरामी आमाबुवाको वहान बाटोमा रोकेर होइन, यो देशको दोहन गरेर होइन, भद्र भाषामा यति भन्नैपर्ने थियो। गाउँगाउँबाट आमाबुवाले खेतीकिसानी गरेर, घाँसदाउराको भारी बोकेर तपाईंलाई पढाइरहेका छन्। तपाईं चाहिँ आमाबुवाको जीवन र तपाईंको भविष्य बर्बाद पार्ने नेताको निर्देशनमा हिंसा गर्नुहुन्छ, तपाईंको स्वतन्त्रताका नाममा अरूको स्वतन्त्रतामाथि धावा बोल्नुहुन्छ भने तपाईंले यति कुरा सुन्नैपर्छ।

आजभन्दा १० वर्षपछि यी नेताले तपाईंको भविष्य कसरी खाए भन्ने अनुभूत गरेर तपाईंले केही पाउनु हुन्न। त्यति बेला ढिलो भइसकेको हुनेछ। त्यसैले युवाहरूसँग अन्तर्क्रिया गर्दा म बारम्बार भन्ने गर्छु( आज तपाईंले बालेको टायरले र गरेको गल्तीले १० वर्षपछि तपाईंलाई नै पोल्नेछ। किनभने, त्यति बेला तपाईंसँग न त गुणस्तरीय शिक्षा हुनेछ न त क्षमता नै।

यो अलिकति भावना, अलिकति कामना र अलिकति आगो मिसिएको पत्रले तपाईंलाई कहीँ कतै चोट पुर्‍याएको रहेछ भने क्षमा गरिदिनुहोला। तपाईंजस्ता दसौं लाख नेपाली युवाको जीवन बर्बाद भएको मेरा आँखाले देखेका छन्। ती सबै देख्दादेख्दै फेरि तपाईंको जीवन पनि बर्बाद नहोस् भन्ने मेरो कामना हो। तपाईंप्रतिको सहृदयिता हो। तपाईंको अवस्थाले सल्केको मनबाट बलेको आगो हो। झर्न नसकेको आँशु शब्दमा पोखिएको हो।

बाँकी तपाईंको जिम्मा। अधिनायकवादमा अधिनायक सर्वशक्तिमान हुन्छ। उसलाई ढाल्न कठिन हुन्छ। तर लोकतन्त्रमा मतदाता सर्वशक्तिमान हुन्छ र उसको विवेकपूर्ण निर्णयले सिँगो देशको मुहार फेर्न सक्छ। त्यसैले, यो देशको दुर्गतिका लागि नेताभन्दा बढी तपाईंजस्ता युवा जिम्मेवार छन्, जसले महाभ्रष्ट नेताको ‘हो’ मा ‘हो’ मिलाइदिँदा ती नेताले आत्मबलपूर्ण निरन्तरता पाएका छन्।

चोरको त धर्म नै चोर्नु हो। तर गल्तीचाहिँ उसको हो, जसले चोर हो भन्ने जान्दाजान्दै ढुकुटीको साँचो सुम्पन्छ। त्यस्तो गल्ती फेरि नगरौं। आजसम्म जे भयो, भयो। तर अब पुग्यो। तपाईं बदलिनुभयो भने यो देश बदलिन्छ। अन्यथा, भ्रष्टहरूले आह्वान गरेको जुलुसमा उत्रेर, तोडफोड र हिंसा गरेर, सत्तामा तिनै भ्रष्ट नेता बदलिन्छन्, यो देश बदलिँदैन।

(लेखक विवेकशील साझा पार्टीका अध्यक्ष हुन्।)

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
विविध

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

जेष्ठ ८, २०८०, १०:४० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विविध

Film Writing: Sample Analysis Purdue OWL® Purdue University

चैत्र १६, २०७९, ४:२५ PM
विविध

Essay Examples For Free, Research Paper Topics And Ideas

चैत्र १६, २०७९, ४:१६ PM
१५ दिने परिक्रमा आज मटिहानी आइपुग्ने
विविध

१५ दिने परिक्रमा आज मटिहानी आइपुग्ने

फाल्गुन १२, २०७९, ६:१४ AM
मधानी महोत्सव २०७९ को लागि मौलापुरमा पवन सिङ्गको आगमन
विविध

मधानी महोत्सव २०७९ को लागि मौलापुरमा पवन सिङ्गको आगमन

फाल्गुन ६, २०७९, १०:१९ AM
प्रथम महिला सिडिओ मधेशकी प्रदर्शनी कुमारी
विविध

प्रथम महिला सिडिओ मधेशकी प्रदर्शनी कुमारी

माघ २५, २०७९, १०:३० AM
अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (
Banner News

अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (

माघ २०, २०७९, ७:१५ AM
विविध

Cheap Writing Service Reviews

पुस ३०, २०७९, १:४० AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर