सप्तरी : जिल्लाको कञ्चनरूप नगरपालिका–४ स्थित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घूस रकमसहित शुक्रबार रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवलाई घूस रकमसहित पक्राउ गरेको हो ।
जग्गाको कित्ताकाट गरी दिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस रकम माग गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले चिया पसलमा रकम लिँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!