Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

गलत छुवाइ बालबालिकाको मनोविज्ञानमा असर


गलत छुवाइ बालबालिकाको मनोविज्ञानमा असर

टिकापुर : कैलालीकी एक किशोरी अहिले १७ वर्षकी भइन् । उनी अहिले १२ कक्षामा पढ्छिन् । आठ कक्षामा अध्ययनरत रहँदा उनले नराम्रो छुवाइको पीडा भोगिन् । उनलाई पढाउने आफ्नै शिक्षकको व्यवहारले उनको पढाइमा असर प¥यो ।

चौध वर्षमा शिक्षकको दुव्र्यवहार खेपेकी उनले नौ कक्षा पढ्दा शिक्षकको व्यवहारकै कारण विद्यालय बदल्नुप¥यो । पढाइमा उत्कृष्ट उनलाई पढाउने शिक्षकले कहिले पिठ्यिँुमा धाप मार्ने, कहिले गाला चिमोट्ने, कहिले आँखाको इशारा गर्ने गर्थे । बालिकालाई शिक्षकको व्यवहार अनौँठो लाथ्यो । शिक्षकको व्यवहारले पीडा महशुस हुन थालेपछि उनलाई विद्यालय जान मन लाग्ग पनि छाड्यो र पढाइ पनि बिग्रियो ।

सधैँ कक्षामा प्रथम वा द्वितीय आउने उनी अर्धवार्षिक परीक्षामा दशौैँ स्थानमा पुगिन् । उनी विद्यालयमा शिक्षकको गलत व्यवहार र घरमा अभिभावकको गाली सहन वाध्य भइन् । “बाबा आमाले छोरी ठूली भई, बिग्रन थाली भन्न थाल्नुभयो, मेरो बानीमा आएको परिवर्तन देखेर मलाई गलत ठान्न थाल्नुभयो”, उनी सम्झन्छिन्, “ओहो सम्झँदा पनि पीडा हुन्छ । म त निदाउन पनि नसक्ने भएँ । मलाई रातदिन तनावले पिरोल्न थाल्यो ।”

छोरीको व्यवहारमा परिवर्तन आएपछि एक दिन किशोरीकी आमाले छोरीलाई एक्लै राखेर सोध्नुभयो । किशोरीले आमासँग विद्यालयमा भोगिरहेको घटना सुनाइन् । आमाछोरीले शिक्षकलाई भेटेर त्यस्तो व्यवहार नदोहो¥याउन आग्रह गरे । शिक्षकले माफी मागे । उनले माया गरेर त्यसो गरेको बताए । अब त्यस्तो व्यवहार नगर्ने भनेपछि किशोरी खुशी भएर विद्यालय जान थालिन् तर शिक्षकले व्यवहार सुधारेनन् । उनले चार÷पाँच दिनपछि थप हिंसा गर्न थाले । गलत छुवाइको पीडामा किशोरीको एक वर्ष बित्यो । उनले राम्रो नतिजा ल्याउन सकिनन् ।

“अर्को वर्ष आमाले बाबालाई भनेर मेरो विद्यालय बदल्नुभयो । म अर्को विद्यालय पढ्न थालेँ । अहिले म पढाइमा राम्रो छु”, किशोरी भन्छिन्, “त्यो बेला विद्यालय नबदेलेको भए मेरो जीवन बर्बाद हुने थियो । आमालाई आफ्नो पीडा नभनेको भए म मानसिक रोगी हुन्थेँ होला ।” अहिले उनी पढाइमा राम्रो छिन् । त्यो समय विद्यालय नबदलेको भए उनको पढाइ बिग्रिन्थ्यो र जीवन दुःखदायी हुन्थ्यो । अभिभावकले समयमै जानकारी पाएर किशोरी थप हिंसा हुनबाट जोगिइन तर उनले भोगेको व्यवहार भुलेकी छैनन् ।

त्यस्तै कक्षा ७ मा अध्ययनरत अर्की किशोरी छिमेकीको घरमा ट्युसन पढ्न जान्थिन् । छिमेकमा रहेका दाइ नाता पर्ने उनका आफन्तले धेरै बालबालिका जम्मा गरेर ट्युसन पढाउँथे । किशोरी पनि स्कूलबाट फर्केपछि एक घण्टा उनको घर पढ्न जान्थिन् । धेरै विद्यार्थीका बीचमा पनि उनले हिंसा सहन्थिन् । दाइ नाता पर्ने उनले उनको गाला चिमोट्थे, तिम्रो गाला रातो भाछ भन्थे, नाक तान्थे । किशोरीलाई त्यो व्यवहार मन पर्दैनथ्यो । “मलाई उनले छुँदा नरमाइलो लाग्थ्यो । म डरले काप्थेँ, पसिना आउँथ्यो”, उनी भन्छिन्, “आमाले पढ्न पढाउनुहुन्थ्यो, म तनाव झेलेर फर्कन्थेँ ।”

आफन्तको व्यवहार मन नपरेपछि किशोरीले उनको घर जान छाडिन् । उनले आमालाई घरमै राम्रो पढ्न सक्ने बताइन् । “मैले त्यतिबेला यस्तो कुरा भनेमा इज्जत जान्छ भन्ने सोँचे”, उनी भन्छिन्, “अहिलेजस्तो बुझ्ने भएको भए घरमा सबैलाई भन्थेँ जस्तो लाग्छ । त्यस्तो व्यवहार गर्नेलाई कारवाही हुनुपर्ने हो भन्ने बुझेकी छु ।”

गलत छुवाइ बाल यौन हिंसाको शुरुआतको चरण हो । छुवाइलाई मानिसले सामान्यरुपमा लिन्छ । माया गरेको भनेर गरिने यस्ता व्यवहारले बाल मस्तिष्कमा गलत असर परेको हुनसक्छ । “बाल यौन हिंसा न्यूनीकरणका लागि यसरी बालबालिकालाई माया गरेको बहानामा छुने कार्य गलत हो”, टीकापुर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह भन्नुहुन्छ, “बालबालिका तथा विशेषगरी किशोरी माथि हुने हिंसा न्यूनीकरणका लागि बालबालिका मात्र सचेत भएर हुँदैन । अभिभावक तथा शिक्षक शिक्षिकाले पनि सचेत रहन आवश्यक छ ।”

सङ्गीता अभिभावकले बालबालिकाले आफूमाथि भइरहेको गलत व्यवहार वा हिंसा खुलाउने खालको वातावरण तयार गर्नुपर्ने बताउनुहुन्छ । “नानीबाबु गलत व्यवहार भोगिरहेका हुन्छन्, अभिभावकले सहजरुपमा लग्दैनन् कि भनेर कुरा लुकाउँछन्, जसले उनीहरु गलत बाटोमा लाग्न सक्छन्”, शाह भन्नुहुन्छ, “बालबालिकाका कुरा सुन्ने वातावरण विद्यालय र घरमा हुनुपर्छ ।”

अधिकारकर्मी कल्पना उपाध्याय यस्ता हिंसा छोरीले बढी सहनुपर्ने भएकाले छोरीलाई यौन हिंसा, दुव्र्यवहार सहनु हुन्न भन्ने ज्ञान पहिल्यै दिन आवश्यक रहेको बताउनुहुन्छ ।

“विद्यालयमा हुने हिंसा रोक्न शिक्षकलाई पनि तालीम आवश्यक छ । बालबालिकालाई माया गरेको बहानामा उनीहरुको शरीर हुने, गलत तरिकाले हेर्न पाइँदैन”, उपाध्याय भन्नुहुन्छ, “हरेक छोरीलाई आत्मरक्षा तालीम आवश्यक छ । छोरीहरु जहाँ, जतिखेर पनि समस्यामा पर्न सक्छन् भनी उनीहरुलाई आफ्नो सुरक्षा आफैँ गर्न तयार गर्नुपर्छ ।”

शिक्षिका माया साउद शिक्षकले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गर्न आवश्यक रहेको बताउनुहुन्छ । “हरेक बालबालिकाको भावनाको ख्याल गरिनुपर्छ । बालबालिका तनावमा हुनसक्छ, ऊ घरबाट पनि तनाव बोकेर विद्यालय आएको हुनसक्छ”, शिक्षिका साउद भन्नुहुन्छ, “विद्यालय त बालबालिकाका लागि रुचि जाग्ने थलोका रुपमा विकास हुनुपर्छ । घर र विद्यालयमै हिंसा भएमा उनीहरुको सिकाइमा असर पर्छ ।”

बालबालिकाले भोग्ने यस्ता घटना प्रहरीसम्म निकै कम पुग्छन् । सामान्य व्यवहार हो भन्दै माफी दिने वा त्यस्तो व्यवहार गर्ने व्यक्तिबाट टाढिने गरिन्छ । प्रहरी कहाँ बलात्कार प्रयास वा बलात्कारका घटना भएमात्र उजुरी गर्ने गरिन्छ । इलाका प्रहरी कार्यालय टीकापुरमा आर्थिक वर्ष २०७६÷७७ मा जबर्जस्ती करणीका नौ, जबर्जस्ती करणी उद्योगका पाँच मुद्दा दर्ता भएका थिए । आव २०७७÷७८ को हालसम्म जबर्जस्ती करणीका चार र जबरजस्ती करणी उद्योगतर्फ एक मुद्दा दर्ता भएका छन् ।

प्रहरी निरीक्षक अरुण बम गलत छुवाई सहनुप¥यो भनेरै उजुरी आउनेक्रम कम रहेको बताउनुहुन्छ । “गलत छुवाइ अपराध हो भनी हामीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । घर, समाज वा विद्यालयमा साथी, आफन्त, शिक्षक जसले पनि गलत व्यवहार गरेमा नसहन सचेत गराइरहेका छौँ”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “हामीले हरेक विद्यालयमा बाल हिंसा, बालबालिकामाथि हुने दुव्र्यवहारबारे जानकारी दिने गरेका छौँ ।”

Tags: मनोविज्ञानमा असर

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर