काठमाडौं : नेकपा केपी ओली समूहको शक्तिप्रदर्शन र आमसभा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्षा गरिरहेको छ ।
नारायणहिटी अघिल्तिर १२ बजेबाट सुरु हुने भनिएको सभामा सरकारका मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, प्रदीप ज्ञवाली, पद्मा अर्याल लगायत पुगिसकेका छन् । नेताहरु विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापाले मञ्चमा बसिसकेका छन् ।
ओलीको उपस्थितिमा ढिलाइ भएका कारण जनसांस्कृतिक मञ्चका कलाकारहरुले सांगितिक प्रस्तुती गरिरहेका छन् । सभास्थलमा १३ वटा स्थानबाट र्याली निकालेका कार्यकर्ताहरु समेत पुगिसकेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अबको केहीबेरमा प्रधानमन्त्रीको आमसभास्थलमा पुग्ने जानकारी दिए । मौसम प्रतिकुल भए सभालाई दुई वक्ताले मात्र सम्बोधन गर्ने बाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया !!