राजविराज : सप्तरीको राजविराजमा एक कार्यक्रमकाबीच बिहीबार बजाज सर्भिसिङ्ग सेन्टरको उद्घाट्न गरिएको छ ।
बाजाज मोटरसाईकलका जेनरल म्यानेजर योगेन गुरुङ्गले रिवन काटेर सर्भिसिंग सेन्टरको उद्घाट्न गरेको हो ।
उद्घाटन पछि संचारकर्मीहरुसंग कुरा गर्दे गुरुङ्गले बाजाज कम्पनीले अहिले सेल भन्दा पनि सर्भिसिंगलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । उनले अहिलेको प्रतिस्पर्धाको युगमा हामीले आधुनिक सुविधा सहितको सर्भिसिङ्ग सेन्टर मार्फत आफ्ना ग्राहकलाई सेवा दिने लक्ष्यका साथ अगाडी बढी रहेको बताए ।
बाजाजको मोटरसाईकल किनेपछि ग्राहकलाई सर्भिसिंगको सबभन्दा बढी आवश्यता हुने भएकोले नेपालभरि नै हामीले अहिले सेल भन्दा पनि ठाउँ–ठाउँमा अत्याधुनिक सर्भिसिंग सेन्टर बनाउने कामलाई प्राथमिकता दिएको गुरुङ्गको भनाई छ ।
यस्तै कार्यक्रममा बजाज शोरुमका प्रोपराईटर कलिम खाने गाडी बेचेर मात्रै आफ्नो दायित्व पुरा नहुने बताउँदै त्ससपछि ग्राहकलाई जैनुन स्पेयर पार्टस् सहितको आधुनिक सर्भिसिङ्ग सुविधा प्रदान गर्नु हामीहरुको कर्तब्य भएको बताए । ‘यसअघि पनि हाम्रो सर्भिसिङ्ग सेन्टर त थियो तर अहिले जस्तो आधुनि सुविधा सम्पन्न थिएन’ उनले भने ।
उद्घाट्न कार्यक्रममा जेनरल म्यानेजर गुरुङ्ग संगै प्रोपराईटर खान पनि सहभागि भएका थिए ।
तपाईको प्रतिक्रिया !!