Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पार्टीको नाममा प्रधानमन्त्रीले गर्दैछन् शक्ति प्रदर्शन


पार्टीको नाममा प्रधानमन्त्रीले गर्दैछन् शक्ति प्रदर्शन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली र प्रचण्ड(नेपाल समूहमा विभाजित भयो ।

पार्टी विभाजनसँगै दुवै समूह शक्ति प्रदर्शनमा लागेका छन् । अहिले दैनिक सडकमा आ(आफ्नो पक्षमा माहोल देखाउन जनता उतार्ने दुवै समूहको होडबाजी छ । सोहीअनुसार स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म नेकपाको समूहगत शक्ति प्रदर्शन भइरहेका छन् ।

९ माघमा राजधानीमा प्रचण्ड(नेपाल समूहले शक्ति प्रदर्शन गर्‍यो । त्यही दिन प्रधानमन्त्री ओलीले नयाँ बानेश्वरस्थित कार्की पार्टी प्यालेसबाट २३ माघमा प्रचण्ड(नेपाललाई वास्तविक जनसभा देखाइदिने घोषणा गरे ।

त्यस दिन ओलीले रत्नपार्कमा ८र१० हजार मान्छे उतार्दैमा शक्ति प्रदर्शन नहुने भन्दै वास्तविक जनसभा आफूले गर्ने भनेका थिए ।

ओलीले कार्यक्रमको मिति तय गरे पनि कार्यक्रमस्थल तोकेका थिएनन् । तर, अघिल्लो साता पशुपतिनाथ मन्दिरमा पूजा गरेर फर्किएपछि ओली समूहले नारायणहिटी दरबारअघि कार्यक्रम गर्ने घोषण गर्‍यो ।

पार्टीको कार्यक्रममा सरकारी रवाफ

प्रधानमन्त्री ओली ५ पुसयता पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको कैलालीसम्म पार्टीका कार्यक्रममा पुगेर सम्बोधन गरिरहेका छन् । ओलीले सम्बोधन गर्ने क्रममा प्रचण्ड(नेपाल समूहका युवादेखि शीर्ष नेतालाई होच्याएर व्यंग्य गर्छन् ।

काठमाडौंमा पूर्वका कार्यकर्तासँग नेता योगेश भट्टराई र धनगढी पुगेर सुदूरपश्चिमका नेता भीम रावललाई केटा भन्न भ्याए । धेरै कार्यक्रममा उनको तारो प्रचण्ड(नेपाल नै हुने गरेका छन् ।

संसद विघटन र नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पार्टीका कार्यक्रममा सक्रिय छन् । उनी सरकारी रवाफमा देश दौडाहामा निस्किने गरेका छन् ।

उनले शक्ति प्रदर्शन केका लागि गर्दैछन् भन्ने मुख्य विषय भएको विश्लेषक भीमार्जुन आचार्य बताउँछन् । प्रधानमन्त्रीले आफ्नो हौसियत नै भुलेर राजनीतिका लागि पार्टीगत शक्ति प्रदर्शनमा उत्रिएर देशलाई मुठभेडतिर लैजान खोजेको आचार्यको तर्क छ ।

‘प्रधानमन्त्रीले आफनो पदको मान मयार्दा बुझेनन् । त्यही भएर मनपरी गर्न थाले । सरकारमा बसेर शक्ति प्रदर्शन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन’ उनले भने, ‘प्रधानमन्त्रीले संसद विघटन गरेर देशमा राजनीति अस्थिरता भित्र्याए । अब शक्ति प्रदर्शन गरेर देशलाई राजनीतिक मुठभेडतिर लैजाँदै छन् ।’

ओली समूहको शक्ति प्रदर्शनले देशमा अर्को राजनीति दुर्घटना निम्त्याउने उनको विश्लेषण छ । उनका अनुसार प्रधानमन्त्रीले कार्यकारी पदमाथि प्रश्न उठ्ने काम गरिरहेका छन् । प्रधानमन्त्री नै देशमा अस्थिरता भिर्‍याउन जे पायो त्यही काम गरेर र बोलेर कानुनी राज्यको खिल्ली उडाइरहेको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले आफूलाई सर्वेसर्वा ठानेका कारण नेपालको अवस्था यो हालतमा आइपुगेको आचार्यको दाबी छ ।

तर ओलीनिकट नेताहरू भने प्रधानमन्त्री दलीय कार्यक्रममा सहभागी हुनुलाई सामान्य ठान्छन् । सरकारमा बसेर आफ्नो पार्टीको कार्यक्रमलाइ सम्बोधन गर्नु नौलो विषय नभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल बताउँछन् । प्रधानमन्त्रीले जनताका आवाज सुन्न र आफ्ना भनाइ राख्न सडक कार्यक्रम सम्बोधन गर्न पाउने रिमालको दाबी छ ।

‘सडकमा कार्यक्रम गर्नु नेपालमा नयाँ राजनीति अभ्यास होइन । विगतमा पनि सरकारको नेतृत्व गरेका धेरै प्रधानमन्त्रीले आफ्नो पक्षका कार्यक्रम सडकबाट सम्बोधन गरेका उदाहरण छन्,’ उनले भने, ‘राजनीतिमा विचार, एजेन्डा र धार फरक हुन्छन् । जसका कारण जनताबाट निर्वाचित प्रधानमन्त्रीले सडकमा गएर जनचासो बुझ्न कार्यक्रम गर्न पाउने अधिकार छ ।’

प्रधानमन्त्रीले २३ माघमा नारायणहिटी गेटबाट पार्टी कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम छ । अहिले नेकपाको सरकार छ, त्यही पार्टीको कार्यक्रम भएका कारण प्रधानमन्त्रीले सम्बोधन गर्नु सामान्य भएको रिमाल बताउँछन् । प्रधानमन्त्रीले सडकबाट जनताका समसामयिक समस्या सुन्ने र सदनबाट सम्बोधन गर्ने आधारसमेत तयार गर्ने उनको दाबी छ ।

खासमा २३ माघको कार्यक्रम पार्टीको भन्दा सरकारको शक्ति प्रदर्शनजस्तो देखिन्छ तर त्यसलाइ स्वीकार्न तयार छैनन् रिमाल । रिमालको तर्क छ, ुपार्टीको राजनीतिक कार्यक्रम हो, सरकार कसरी जोडिन्छ रु सरकार प्रमुखले पार्टीको कार्यक्रम सम्बोधन गर्दा शक्ति प्रदर्शन कसरी हुन्छ रु ’ उनको प्रश्न छ ।

ओली समूहले बागमती प्रदेशमा प्रचण्ड(नेपाल समूहभन्दा ठूलो प्रदर्शन गर्न स्थानीय तह र जिल्लाका कार्यकर्ता ल्याउन निर्देशनसमेत दिएको छ । ओली समूहले स्थानीय तहका प्रतिनिधि, नेता, सांसद र कार्यकर्तालाई प्रत्येक नगरपालिका र गाँउपालिकाबाट २३ माघको सभाका लागि सहभागि उतार्न निर्देशन दिएको छ ।

नयाँ अभ्यास

प्रधानमन्त्री ओली स्वास्थ्यको समस्या देखाउँदै ९ महिनादेखि राजधानीबाहिरका खासै कुनै कार्यक्रममा सहभागी थिएनन् । तर, नेकपा समूहमा विभाजन भएपछि हरेक दिन उनी आफ्नो समूहका कार्यक्रममा दौडिरहेका छन् । सरकारको नेतृत्व गरेको पार्टीका अध्यक्ष सडकमा गएर कार्यक्रम सम्बोधन गर्दा प्रदर्शनमा उत्रिएजस्तो देखिने एक मन्त्री बताउँछन् ।

राजनीतिमा पार्टीगत समस्या उत्पन्न भएपछि नयाँ मार्गदर्शन निर्माण हुने ती मन्त्रीको भनाइ छ । ‘सरकारले सदन र सडक दुवै तताउने अभ्यास गरिरहेको छ । यो जनताका लागि अनौठो विषय होला तर, राजनीतिकस्तरबाट हेर्दा नयाँ अभ्यास हो,’ उनले भने, ‘नेकपा समूहले गरिरहेको सडक प्रदर्शन आन्दोेलन होइन । कार्यकर्ता सडकमा उत्तार्ने र शक्ति प्रदर्शन मात्र हो । सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीको समूहले पनि आफ्ना कार्यकर्ता सडकमा उत्तारेर शक्ति प्रदर्शन गर्न पाउँछ । यो सामान्य विषय हो ।’

२३ माघमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न कार्यक्रममा उपत्यकाका विभिन्न स्थान, बनेपा, धादिङ र मकनवापुरगायतका जिल्लाबाट र्‍याली, जुलुस गर्ने तयारी भइरहेका ओली समूहका नेता महेश बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर