काठमाडौं : आज आमहडताल भन्ने पनि थाहा थिएन । बिहान ४ बजे नै ट्याक्सी लिएर निस्किएँ । पहिलो ट्रिप थापाथलीबाट सोह्रखुट्टेको थियो ।
सोह्रखुट्टेबाट सामाखुसीको ट्रिप लाग्यो । दुई ट्रिपमा ४ सय रुपैयाँजति कमाइ भएको थियो ।
सामाखुसी पुग्दा बिहानको ६ बजेको थियो । ुचाबहिल जाऊँु भनेर दुई जना आउनुभयो । मैले ुहुन्छु भनेँ । मिटर अन गर्नेबित्तिकै ट्याक्सीमा पेट्रोल छर्केर सलाइ कोरेर बाले । त्यसपछि मैले केही सोच्नै सकिनँ । म ट्याक्सीभित्रै थिएँ । धन्न बाहिर निस्किएछु ।
१५ वर्ष भयो ट्याक्सी चलाएको । मेरै ट्याक्सी किन निशानामा पर्यो, थाहा छैन । आगो लगाउने को हो, मैले चिन्न पनि सकिनँ । उनीहरूले ट्याक्सी जलाएर के पाए, थाहा छैन । म भने बेरोजगार भएँ ।
तीन बालबच्चा छन् । श्रीमती छिन् । अब के गर्ने रु बाँच्न गाह्रो छ । ट्याक्सी जसले जलायो, उसलाई पनि त्यस्तै कारबाही हुनुपर्छ ।
तपाईको प्रतिक्रिया !!